मिलन विश्वकर्माको स्वरमा ‘सम्झना पनि गर्दिन अब निष्ठुरी मायालाई’ गीत सार्वजनिक-Sutra News

मिलन विश्वकर्माको स्वरमा ‘सम्झना पनि गर्दिन अब निष्ठुरी मायालाई’ गीत सार्वजनिक

आइतबार, ४ फाल्गुन २०८१

आइतबार, ४ फाल्गुन २०८१

काठमाडौं । साहित्यकार तथा गीतकार लक्ष्मण सिटौलाको शब्द तथा सङ्गीत रहेको गीत ‘सम्झना पनि गर्दिन अब निष्ठुरी मायालाई’को मेल भर्सनमा पनि सार्वजनिक भएको छ । गीतमा गायक मिलन विश्वकर्माले स्वर दिएका छन् ।



यसअघि उक्त गीत लोकप्रिय गायिका सिम्रन परियारको स्वरमा म्युजिक भिडियोसहित सार्वजनिक भइसकेको छ ।

गीतकार लक्ष्मण सिटौलाका थुप्रै गीतहरू नेपालका प्रख्यात गायक र गायिकाले पहिल्यै गाइसकेका छन् । उक्त गीतमा आकाश नेपालीको ऐरेन्ज रहेको छ । गीत लक्ष्मण सिटौला युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट