आजको राशिफल : यी हुन् आजका भाग्यमानी राशी-Sutra News

आजको राशिफल : यी हुन् आजका भाग्यमानी राशी

सोमबार, ५ फाल्गुन २०८१

सोमबार, ५ फाल्गुन २०८१

आज मिती २०८१ साल फाल्गुण महिनाको ५ गते सोमबार तदनुसार फ्रेब्रुअरी महीनाको १७ तारीख सन् २०२५, फाल्गुण कृष्ण पक्षको पंचमी तिथी, आज बिहान ६ बजेर ३९ मिनेटमा काठमाण्डौ उपत्यकामा झुल्कीएको घाम साँझ ५ बजेर ५६ मिनेटमा अस्ताउने छ ।



मेष राशी: आजको दिन जागीर एवं राजनीतिमा बर्चस्व बढाउन सकिने समय छ । आर्थिक लाभ हुनाका साथै तपाईंको कामको कदर भइ प्रतिष्ठा बढ्ने छ । पढाइ तथा ब्यापारमा पनि लाभ हुने दिन रहेको छ । प्रेमभावका साथै रचनात्मकता बढ्नुका साथै आफन्तसुख प्राप्त होला । यात्रामा सफलता प्राप्त हुनेछ ।

बृष राशि: व्यस्तता बढ्नुका साथै नयाँ काम र जिम्मेवारी हात पार्ने समय छ । प्राविधिक काममा सफलता प्राप्त होला । आत्मविश्वास जाग्नुका साथै सामाजिक उत्तरदायित्व हासिल हुने योग छ । आरोग्यता बढ्नुका साथै मित्रजनको सहयोग प्राप्त हुनेछ । परिवारिक सुख बढ्नेछ ।

मीथुन राशि: रोकिएका घरेलु कामकाज बिस्तारै बन्नेछन् । महत्वाकांक्षी योजना गोप्य राखेर अघि बढ्नु हितकर होला । बौद्धिक क्षमता प्रस्फुटन हुनाले सृजनात्मक काममा सफलता पाइने तथा ब्यापारमा पनि फाइदाकै योग छ । आरोग्यपन र साहस वृद्धि हुनाका साथै मनोकूलको काम बनेर मन प्रशन्न रहला ।

कर्कट राशि: केही चुनौती खडा हुने समय रहेकाले घरायसी सम्पत्तिको चिन्ताले सताउन सक्छ । विगतको गल्ती–कमजोरीका कारण तनाव सिर्जना हुन सक्छ । स्वास्थ्य केही कमजोर रहेपनि काममा सहयोग जुटाउन सकिनेछ । मिठो भोजन प्राप्त हुनाका साथै आफ्नै बलविवेकले काम बन्ने योग छ ।

सिंह राशि: पढाइलेखाइमा प्रगति हुने समय रहेकाले आम्दानी बढ्ने तथा उठ्नुपर्ने रकम हातलागी हुने योग रहेकोले प्रयास सार्थक हुन सक्छ । कृषि तथा पशुपालनमा फाइदा होला । तथापि, अन्य व्यावसायिक काम बीचमा अवरुद्ध बन्न सक्छ, सजग रहनु भयो भने विजयश्री प्राप्त हुनेछ ।

कन्या राशि: कामको चाप र थकाइबाट मुक्त रही विश्राम पाइने समय छ । सुखदुःखमा साथ दिनेहरू भेटिनेछन् । सापटी लिनदिन आजको दिन अनुकूल छ । पारिवारिक जीवन पनि सन्तोषप्रद रहने छ । लगानी तथा खर्च बढ्ने योग छ । भोगविलास, खेलकुद र भ्रमणमा आकर्षण बढ्नुका साथै उच्चाधिकारीको साथ मिल्नेछ ।

तुला राशी: भ्रमण र मनोरञ्जनका क्रममा तपाईको आजको दिन बित्नेछ । टाढाको यात्राबाट केही धन पनि आर्जन हुन सक्छ । व्यापार बढ्ने र रमाइलो भेटघाटले मन हर्षित हुनेछ । शुभता र आयबल बढ्नुका साथै धर्मकर्ममा आकर्षण रहला । दिर्घकालिन लाभ हुने काममा हात हाल्न आजको दिन निकै नै शुभ छ ।

बृश्चिक राशि: आजको दिन कर्मबल बढ्ने तथा उत्साहवर्द्धक समय भएपनि सोचेअनुरुप काम नहोला । स्वास्थ्यस्थितिमा भने अनुकूलता आउनेछ । सकारात्मक सोचको भाव वृद्धि होला । मिठो भोजन प्राप्त हुनुका साथ आरोग्यबल बढ्ने र समयले साथ दिनेछ ।

धनु राशि: आजको दिन तपाईको भाग्यबल बढ्नुका साथै बौद्विक कार्यमा आकर्षण बढ्ला । परिश्रमअनुसार उपलब्धि राम्रै मिल्ने समय छ । रोकिएका काम पुनः सुरु हुने योग रहेपनि छरछिमेकमा भने केही असमझदारी बढ्ने योग छ, सावधान रहनुहोला । यात्रामा सफलता हात पर्नेछ ।

मकर राशि: आजको दिन दौडधुप बढ्ने समय रहेकाले धार्मिक तथा परोपकारजन्य क्रियाकलापबाट प्रतिष्ठा पाइएला । शारीरिक अस्वस्थताको सम्भावना छ, ध्यान राख्नुहोला । आम्दानीमा कमी आउने छैन तर प्रतिफल प्राप्त नहुने क्षेत्रमा धन लगानीको सम्भावना छ । आफन्तको सहयोग प्राप्त हुनेछ ।

कुम्भ राशि: आजको दिन मान्यजन वा अभिभावकवर्ग रुष्ट हुन सक्छन्, सावधान रहनुहोला । धेरै लगानीपछि कममात्र फाइदा हुने योग छ । परिवारजनमा असमझदारी बढ्न सक्छ, संयमतापूर्ण व्यवहार गर्नुहोला । आरोग्यता रहनुका साथै शत्रुमाथि विजय प्राप्त हुनाका साथै सन्तानसुख मिल्नेछ ।

र, मिन राशि: काममा केही चुनौती देखिए पनि प्रयत्न गर्दा समयको सदुपयोग भइ धनलाभ होला । विपरितलिङ्गीको सहयोग प्राप्त भइ मन हर्षित हुने योग छ । दाम्पत्यसुख बढ्नुका साथै मिठो भोजन प्राप्त हुनेछ । सार्वजनिक कार्यक्रममा आकर्षण जाग्ने योग रहेकाले अनुकूलता बढ्नेछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट