तीर्थयात्री सवार बस दुर्घटना हुँदा १२ जनाको मृत्यु-Sutra News

तीर्थयात्री सवार बस दुर्घटना हुँदा १२ जनाको मृत्यु

सोमबार, ५ फाल्गुन २०८१

सोमबार, ५ फाल्गुन २०८१

काठमाडौं । पाकिस्तानको दक्षिणी सिन्ध प्रान्तमा तीर्थयात्री बोकेको बस पल्टिँदा १२ जनाको मृत्यु र १५ जना घाइते भएको प्रहरी स्रोतले जनाएको छ । प्रान्तको खैरपुर जिल्लाको राष्ट्रिय राजमार्गमा तीव्र गतिका कारण चालकले गाडीको नियन्त्रण गुमाएपछि दुर्घटना भएको हो ।



पूर्वी पञ्जाव प्रान्तबाट तीर्थयात्रामा धार्मिक उत्सव मनाउन सेहवान शहर जाँदै गरेका यात्रुहरू जिल्लाका स्रोतहरूले बताए । महिला र बालबालिका लगायत घाइतेहरूलाई नजिकैको अस्पतालमा सारिएको छ । जसमध्ये धेरैको अवस्था गम्भीर रहेको स्रोतहरूले बताएका छन् ।

खराब मर्मतसम्भार गरिएका सडकहरू, सडक सुरक्षा नियमहरूको उल्लङ्घन र लापरवाह ड्राइभिङका कारण पाकिस्तानमा बारम्बार सडक दुर्घटनाहरू हुने गर्छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट