

काठमाडौं । एमएडब्लू अर्थमुभर्स प्रालिले इन्डियासँगको सहकार्यमा जेसीबी एनएक्सटी सिरिजका नवीनतम एक्साभेटरहरू जेसीबी एनएक्सटी २२१ एलसी फ्युल मास्टर र जेसीबी एनएक्सटी २२५ एलसीएम ट्र्याक्ड एक्साभेटर नेपालमा हुने भएको छ । सोमबार पत्रकार सम्मेलन गरेर एक्साभेटरहरु लन्च गर्ने घोषणा भएको हो ।
एमएडब्लू अर्थमुभर्स प्रालिका अध्यक्ष विष्णु अग्रवाल यी लन्च हुन लागेका एक्साभेटरहरुको पर्फर्मेन्स उत्कृष्ट भएको दाबी गरे । उनका अनुसार अहिले नेपालमा विस्तारै विकासरनिर्माणका कामहरुले गति लिन थालेकाले इक्विपमेन्टहरुको समेत बजारमा चलायमान हुन थालेको बताए । उनले जेसीबी एक्साभेटरको बिक्री नेपालमा सबैभन्दा धेरै रहेको उनको दाबी छ ।
ललितपुरको झम्सिखेल स्थित द प्लाजामा भव्य लन्च कार्यक्रममा सरकारी प्रतिनिधि, निर्माण उद्योगका अग्रणी, ग्राहक र डिलरहरू सहित करिब ७०० जना सरोकारवालाहरूको सहभागिता रहने कम्पनीले विज्ञप्ती मार्फत जनाएको छ ।
कार्यक्रममा मेसिनहरूको विशेष प्रस्तुतीकरण रहनेछ । उक्त प्रदर्शनी पश्चात् जेसीबी एक्साभेटर खरिद गर्ने ११ जना ग्राहकहरूलाई साँचो हस्तान्तरण गर्ने कार्यक्रम छ । कार्यक्रममा जेसीबी इन्डियाका सीईओ तथा एमडी श्री दीपक शेट्टी र एमएडब्लू अर्थमुभर्स प्रालिका अध्यक्ष श्री विष्णु अग्रवालको सहभागी हुनेछन् ।
‘लिडर इन एक्साभेटर’ भन्ने थिममा आधारित रहने शुभारम्भ कार्यक्रमले नेपालको विकासशील पूर्वाधार बजारको लागि अति उपयुक्त र टिकाउ उत्खनन मेसिनरी उत्पादन गर्ने जेसीबीको प्रतिबद्धतामा प्रकाश पारेको कम्पनीको दाबी छ ।
एक्साभेटर उत्पादनले नेपालको सडक पूर्वाधार विकास, जलविद्युत र शहरी विस्तार परियोजनाहरूमा बढेको सार्वजनिक लगानीसँगै राष्ट्रिय पूर्वाधार परियोजनाहरूलाई अगाडि बढाउन सहयोग गर्ने अपेक्षा गरिएको छ । जेसीबी एनएक्सटी शृङ्खलाको यो सुरुवात नेपालको निर्माण उद्योगलाई अत्याधुनिक मेसिनरी आपूर्ति गर्ने जेसीबीको समर्पणमा प्राप्त उपलब्धिको ताजा उदाहरणको रूपमा दरिने कम्पनीको दाबी छ ।