प्रिसेसनमा कारोबारसँगै बढ्यो सेयर बजार-Sutra News

प्रिसेसनमा कारोबारसँगै बढ्यो सेयर बजार

मंगलबार, ६ फाल्गुन २०८१

मंगलबार, ६ फाल्गुन २०८१

काठमाडौं । साताको तेस्रो कारोबार दिन (मंगलबार)को प्रिओपन सेसनमै सेयर बजारमा ८.०२ अंकको बृद्धि भएको छ । प्रिसेसनसँगै सेयर बजार २७३५.९४ को बिन्दुमा उक्लिएको छ ।



यो सेसनमा कारोबारमा आएका ४२ कम्पनीको मूल्य बढेको छ भने ३३ कम्पनीको मूल्य घटेको छ । ७ कम्पनीको भने मूल्य स्थिर रहेको छ ।

सूचकमा बृद्धि हुँदा यो सेसनमा कारोबार रकममा पनि उच्च बृद्धि भयो । २३ हजार ९५३ कित्ता सेयर किनबेच हुँदा कारोबार रकम १ करोड ५० लाख ६६ हजार रुपैयाँको रह्यो ।

यसअघि लगातार दुई कारोबार दिन सेयर बजार उत्साहपूर्ण रुपमा बढेको थियो । मंगलबारको प्रिसेसनमा भएको बृद्धिले बजार थप आक्रामक ढंगले अघि बढ्ने संकेत गरेको छ ।

विशेषगरी ठूला क्यापको किनबेच भइरहँदा बजार उत्साहित देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार