

काठमाडाैं । नवाजुद्दीन सिद्दीकीले बलिउड फिल्म उद्योगमा धेरै संघर्ष गरेका छन्। उनले धेरै मेहनत गरेर आफ्नो विशेष स्थान बनाएका छन्।
नवाज आफ्नो उत्कृष्ट अभिनयका साथै, आफ्नो शैलीका लागि पनि परिचित छन्। नवाजले आफ्नो करियरको सुरुवातमा साउथ स्टार कमल हासनसँग काम गर्ने मौका पाए।
तर, त्यसपछि केहि यस्तो भयो कि कमल हासनले उनकाे भूमिका काटे । जसको बारेमा नवाजले हालै खुलासा गरेका छन्।
नवाजुद्दीन सिद्दीकीको करियरको सुरुवातमा उनको भूमिका हटाइएको यो पहिलो पटक थिएन। यसअघि पनि धेरै परियोजनाहरूबाट उनको भूमिका हटाइएको थियो।
तर, उनी कमल हासनको फिल्मबाट बाहिरिएकोमा सबैभन्दा बढी दुःखी भए। स्पट ब्वाईलाई दिएको एक अन्तर्वार्तामा नवाजुद्दीन सिद्दीकीले फिल्म ‘हे राम’को कथा सुनाएका छन्।
नवाज रोएका थिए…
नवाजले अन्तर्वार्तामा भने कि उनीमाथि धेरै पटक यस्तो भएको थियो । जब उनले साना भूमिकाहरू गरे र त्यसपछि ती सम्पादन गरेर हटाइए त्यतिबेला उनी निकै दुःखी थिए ।
तर, एउटा घटना जुन सधैंँ उनलाई बिझाइरहन्छ, त्यो हो कमल हासनबाट भएकाे व्यवहार । कमल हासनले अभिनय गरेको फिल्म हे राममा उनी पनि थिए । तर, फिल्ममा उनकाे राेल पुरै काटियाे ।
‘कमलजी मेरो आदर्श व्यक्ति, उहासँग स्क्रिन स्पेस साझा गर्ने यो अवसरको लागि म उत्साहित थिएँ ,तर जब सम्पादनबाट भूमिका हटाइयो, म धेरै रोएँ। त्यसपछि श्रुतिले मलाई सान्त्वना दिइन्’, उनले आफ्नाे दुःखेसाे पाेखेका छन् । एजेन्सीबाट