अनेसासको छैठौं अन्तर्राष्ट्रिय च्याप्टर सम्मेलनकाे संयाेजकमा सौरव कारन्जित चयन-Sutra News

अनेसासको छैठौं अन्तर्राष्ट्रिय च्याप्टर सम्मेलनकाे संयाेजकमा सौरव कारन्जित चयन

मंगलबार, ६ फाल्गुन २०८१

मंगलबार, ६ फाल्गुन २०८१

काठमाडाैं । आगामी जून २३ देखि २५ सम्म बेल्जियमको ऐतिहासिक शहर अन्टवर्पमा हुने अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास)को छैठौं अन्तर्राष्ट्रिय च्याप्टर सम्मेलन सम्मेलनको संयोजकमा अनेसास बेल्जियम च्याप्टरका अध्यक्ष सौरव कारन्जित चयन भएका छन् । केन्द्रीय कार्यसमितिले सम्मेलनलाई व्यवस्थितरूपमा सम्पन्न गर्न कारन्जितलाई संयाेजक ताेकेकाे हाे ।



विगतका सम्मेलनहरू जस्तै यस सम्मेलनमा पनि विभिन्न च्याप्टरहरूको गतिविधि प्रस्तुत गर्ने, मूल्यांकन गर्ने, संगठनात्मक सुदृढीकरणका लागि प्रतिनिधिहरूलाई तालिम प्रदान गर्ने, कार्यपत्रहरू प्रस्तुत गर्ने, अनेसासका संस्थापक च्याप्टर अध्यक्षहरूलाई सम्मान गर्ने साथै विभिन्न साहित्यिक कार्यक्रमहरू सञ्चालन गर्ने लक्ष्य राखिएको छ। सम्मेलनमा आयोजना हुने साहित्यसम्बन्धी विविध कार्यक्रमहरूमा नेपाली स्रष्टा र साहित्यप्रेमीहरूको राम्रो उपस्थिति हुने आशा गरिएको छ।

सम्मेलनको एक दिन बेल्जियम च्याप्टरले स्थानीय संस्थाहरूसँग सहकार्य गरेर विविध साहित्यिक तथा सांस्कृतिक कार्यक्रमहरू आयोजना गर्ने योजना बनाएको छ। त्यसैगरी तीन-दिने औपचारिक सम्मेलनपछि, आगन्तुक पाहुनाहरूका लागि दुई-दिने साहित्यिक भ्रमणको समेत आयोजना गरिनेछ । जसले साहित्यकारहरूलाई परस्पर संवाद तथा अनुभव आदान–प्रदान गर्ने अवसर प्रदान गर्नेछ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट