शाओमीको नयाँ स्मार्टफोन ‘शाओमी १४ टि’ सार्वजनिक, मूल्य र फिचर कस्ताे ?-Sutra News

शाओमीको नयाँ स्मार्टफोन ‘शाओमी १४ टि’ सार्वजनिक, मूल्य र फिचर कस्ताे ?

मंगलबार, ६ फाल्गुन २०८१

मंगलबार, ६ फाल्गुन २०८१

काठमाडाैं । शाओमीले नेपाली बजारमा नयाँ स्मार्टफोन शाओमी १४ टि सार्वजनिक गरेको छ। लाइकासँगको सहकार्यमा निर्मित यो स्मार्टफोनले अत्याधुनिक मोबाइल फोटोग्राफी अनुभव प्रदान गर्ने दाबी गरिएको छ। साथै, मिडियाटेक डाइमेन्सिटी ८३०० अल्ट्रा प्रोसेसर, १४४ हर्ज एमोलेड डिस्प्ले, र एड्भान्सड् एआई प्रविधि जस्ता उच्च-स्तरीय फिचरहरू यसमा समावेश छन्।



शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर मनु मनस्वीका अनुसार, शाओमी १४ टि शक्ति, इन्टेलिजेन्स र इनोभेसनको प्रतीक हो। उनले लाइका क्यामेरा प्रणाली, उच्च प्रदर्शन र स्मार्ट एआई फिचरहरू सहित नेपाली बजारमा यो स्मार्टफोन ल्याउन पाउँदा कम्पनी उत्साहित रहेको बताए। साथै, उनले शाओमी १४ टिले फोटोग्राफी, परफर्मेन्स र प्रयोगकर्ताको अनुभवमा नयाँ मापदण्ड स्थापित गर्ने विश्वास व्यक्त गरे।

यस स्मार्टफोनमा लाइका सुम्मिलक्स लेन्ससहितको ट्रिपल क्यामेरा सेटअप उपलब्ध छ। यसमा ५० मेगापिक्सेलको मुख्य क्यामेरा, १२ मेगापिक्सेलको अल्ट्रा-वाइड क्यामेरा र ५० मेगापिक्सेलको टेलिफोटो लेन्स रहेको छ। यी क्यामेराहरूले प्रत्येक फोटोमा स्पष्टता, डिटेल्स र पेशागत फोटोग्राफीको अनुभव प्रदान गर्ने बताइएको छ। साथै, शाओमी प्रोफोकस टेक्नोलोजी र ६० एफपिएस फोके भिडियो रेकर्डिङको सुविधाले यो स्मार्टफोन भिडियोग्राफीका लागि पनि उपयुक्त हुने कम्पनीको दाबी छ।

शाओमी १४ टि टाइटन ब्ल्याक, टाइटन ग्रे र टाइटन ब्लु कलर भेरियन्टमा उपलब्ध हुनेछ। यो स्मार्टफोन १२ जीबी र्‍याम र ५१२ जीबी स्टोरेज अप्सनमा बजारमा आएको छ। नेपालमा यसको मूल्य रु ६४,९९९ निर्धारण गरिएको छ। ग्राहकहरूले नेपालभरका सबै आधिकारिक एमआई स्टोरहरू तथा शाओमी रिटेल स्टोरहरूमा यो स्मार्टफोन खरिद गर्न सक्नेछन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट