युएसएडपछि राेकियाे एमसीसीका परियोजना-Sutra News

युएसएडपछि राेकियाे एमसीसीका परियोजना

मंगलबार, ६ फाल्गुन २०८१

मंगलबार, ६ फाल्गुन २०८१

काठमाडौं । युएसएडको परियोजना स्थगित भएलगत्तै नेपालमा सञ्चालित अमेरिकी सहायता परियोजना ‘मिलेनियम च्यालेन्ज कर्पोरेसन’ (एमसीसी) का सबै कार्यक्रम स्थगित भएको छ । अर्थ मन्त्रालयले मंगलबार सूचना जारी गरी एमसीसीका सबै परियोजना स्थगित भएको जनाएको छ ।



अमेरिकी सरकारले गत फागुन २ गते नै पत्र पठाएर एमसीसी परियोजना पनि तत्काललाई कार्यान्वयन अघि नबढाउन भनेको अर्थमन्त्रालयले मंगलबार जनाएको छ ।

‘नेपाल सरकार र उक्त निकायबीच सम्वत् २०७४ भदौ २९ मा सम्पन्न कम्प्याक्ट अन्तर्गत कार्यन्वयन भइरहेका आयोजनासँग सम्बन्धित एमसीसी फन्डबाट भुक्तानी हुने कृयाकलापहरू अमेरिकी राष्ट्रपतिको जनवरी २०, २०२५ मा जारी ९० दिनको स्थगनसम्बन्धी कार्यकारी आदेशानुसार रोकिएको व्यहोरा सरोकारवालालाई जानकारी गराइन्छ’, मन्त्रालयले भनेको छ ।

नेपाल र एमसीसीबीच २९ भदौ २०७४ मा सम्झौता भई परियोजना कार्यान्वयनको प्रक्रिया अघि बढेको थियो । पाँच वर्षको समय तोकिएको एमसीसीका परियोजना कार्यान्वयनमा गए डेढ वर्ष भएको थियो ।

सम्झौताअनुसार एमसीसीमार्फत नेपालमा प्रसारण लाइन र सडक निर्माणका काम अघि बढेका छन् । तर, पछिल्लाे ट्रम्प प्रशासनकाे निर्णयसँगै सबै परियाेजना अलपत्र पर्ने जाेखिम बढेकाे छ ।

अर्थमन्त्रालयले जनाएअनुसार एमसीसीले ९० दिनका लागि परियोजना स्थगित भएको जानकारी गराएको छ । यद्दपि, ९० दिनपछि सकारात्मक जवाफ आउनेमा अन्याेलता छ ।

एमसीसी बाह्य अनुदानमार्फत सञ्चालित कार्यक्रममा ठूलाे कार्यक्रम मध्येमा पर्दछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट