कानुनी झमेलामा पर्याे ‘लाज शरणम्’, प्रचारप्रसार रोक्न अदालतको आदेश-Sutra News

कानुनी झमेलामा पर्याे ‘लाज शरणम्’, प्रचारप्रसार रोक्न अदालतको आदेश

मंगलबार, ६ फाल्गुन २०८१

मंगलबार, ६ फाल्गुन २०८१

काठमाडौं । उच्च अदालत पाटनले प्रदर्शनकाे तयारीमा रहेको फिल्म ‘लाज शरणम्’को प्रचारप्रसारमा रोक लगाएको छ। मंगलबार पाटन उच्च अदालतका न्यायाधीधद्वय लालबहादुर कुवँर र हेमन्त रावलको संयुक्त इजलासले फिल्मकाे प्रचारप्रसार तत्कालका लागि राेक्न आदेश दिएको हो ।



जन्मकैदको सजाय भुक्तान गरिरहेका नेपाली कांग्रेसका नेता मोहम्मद अफताब आलमले दायर गरेकाे रिटमा प्रारम्भिक सुनुवाइ गर्दै अदालतले यस्ताे  आदेश दिएको हो ।आलमले आफ्नाे अनुहारसँग मिल्ने मुखाकृति, पहिरन, जीउडाल, कपाल मिलाई शैली, हाउभाउ र लवज आफ्नो अनुमतिबिना प्रयोग गरिएको भन्दै त्यसलाई रोक्न माग गरेका थिए ।

‘लाज शरणम्’ को सार्वजनिक पोस्टर र टिजरमा सिताराम कट्टेल ‘धुर्मुस’ ले गरेको अभिनय आफूसँग मिलेको अफताब आलमकाे दाबी छ ।

‘अनुहारसँग हुबहु मिल्ने गरी मुखाकृति, पहिरन, जीउडाल, कपाल मिलाई शैली, हाउभाउ र लवज सहितको व्यक्तिगत आवरण बनाएर अनुमति/सहमति नलिई मुख्य पात्रको रूपमा अभिनय गरेको…,’आलमले निवेदनमा भनेका छन्।

‘सक्किगोनि’ टिमद्वारा निर्मित फिल्म ‘लाज शरणम्’ फागुन १४ बाट देशभरका हलमा प्रदर्शन गर्ने तयारी थियाे । तर, अदालतकाे आदेशसँगै ‘लाज शरणम्’को प्रचार प्रभावित हुने भएको छ । अन्तिम समय फिल्म नै अब के हुन्छ भन्ने अन्योल भएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट