आज ११ सयले बढ्यो सुनको मूल्य, प्रतितोला कति पुग्यो ?-Sutra News

आज ११ सयले बढ्यो सुनको मूल्य, प्रतितोला कति पुग्यो ?

बुधबार, ७ फाल्गुन २०८१

बुधबार, ७ फाल्गुन २०८१

काठमाडौं । सुनको मूल्य आज प्रतितोला एक हजार एकसय रुपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।



आज सुन प्रतितोला एक लाख ७० हजार पाँचसय रुपैयाँमा कारोबार भइरहेको छ। हिजो सुनको मूल्य प्रतितोला एक लाख लाख ६९ हजार चार सय थियो।

आज चाँदीको मूल्य पनि बढेको छ। चाँदीको मूल्य आज प्रतितोला १५ रुपैयाँ बढेको हो। हिजो तोलाको एक हजार नौसय ७० मा किनबेच भएको चाँदीको मूल्य आज एक हजार नौसय ८५ रुपैयाँ पुगेको छ।

गएको मंसिर तेस्रो साता सुनको मूल्य दुई दिनमै तोलामा साढे १८ हजार रुपैयाँ घटेको थियो।

गत कात्तिक १५ गते सुनको मूल्यले हालसम्मकै महँगो कीर्तिमान बनाएको थियो। त्यो दिन सुन प्रतितोला १ लाख ७१ हजार रुपैयाँ पुगेको थियो। सरकारले भन्सारदर घटाएपछि मंसिर तेस्रो साता सुनचाँदीकै मूल्यमा उच्च गिरावट आएको थियो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट