

काठमाडौं । स्थानीय बजारमा केही समयदेखि नै सुनको मूल्य उकालोमा छ । निरन्तर उकालोका बिच सुनको मूल्य फेरि नयाँ रेकर्ड नजिक पुगेको छ ।
साताको चौथो कारोबार दिन (बुधबार) एकै दिन ११ सय रुपैयाँले बढ्दै सुनको मूल्य प्रतितोला १ लाख ७० हजार ५ सय रुपैयाँ पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएअनुसार भन्सार दर घट्नुअघिको उच्च मूल्यभन्दा बुधबारको मूल्य जम्मा ५ सय रुपैयाँले कम हो ।
यसअघि कात्तिक १५ मा सुनको मूल्य १ लाख ७१ हजार रुपैयाँ पुगेको थियो । जुन भन्सारदर २० प्रतिशत रहँदाको मूल्य हो ।
तर, भन्सारदर १० प्रतिशतमा झरेसँगै भने सुनको मूल्य घटेको थियो । सरकारले गत १० देखि २० प्रतिशतको भन्सारदरलाई १० प्रतिशतमा झारेको थियो ।
मंसिर ९ मा प्रतितोला १ लाख ६७ हजार २ सय रुपैयाँमा किनबेच भएको सुनको मूल्य भन्सारदर घटेसँगै १ लाख ५१ हजार ३ सय रुपैयाँ कायम भएको थियो ।
तर, निरन्तर वृद्धिसँगै पुनः स्थानीय बजारमा भन्सारदर घट्नुअघिको मूल्यमा मात्रै पुगेको छैन, हालसम्मकै उच्च मूल्य नजिक पुगेको छ ।