‘सेन्सर बोर्ड’ले रोक्यो चलचित्र ‘ताण्डवम्’को प्रदर्शन, प्रिमियर शो पनि स्थगित-Sutra News

‘सेन्सर बोर्ड’ले रोक्यो चलचित्र ‘ताण्डवम्’को प्रदर्शन, प्रिमियर शो पनि स्थगित

बुधबार, ७ फाल्गुन २०८१

बुधबार, ७ फाल्गुन २०८१

काठमाडौं । शुक्रबारबाट प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘ताण्डवम्’को प्रदर्शन रोकिएको छ । चलचित्र जाँच पास समिति (सेन्सर बोर्ड)ले चलचित्रमा धेरै हिंसात्मक दृश्य रहेको भन्दै ती दृश्यलाई हटाएर ल्याउन भन्दै सेन्सरमा रोकेको हो ।



सेन्सर रोकिएसँगै आज (बुधबार)लाई सिनेमाको निर्माण टिमले आयोजना गरेको प्रिमियर शो समेत स्थगित भएको छ ।

निर्देशक जुनिम गहतराजका अनुसार,“केही दृश्यहरू अत्याधिक हिंसात्मक भयो भन्दै सिनेमा सेन्सरमा रोकिएको छ । ती दृश्यहरू काटेपछि सिनेमाको मर्म नै मर्छ । दृश्य काँटछाँट नगरी ‘एडल्ट सर्टिफिकेट’ दिनका लागि निर्माणपक्षले गरेको आग्रहलाई पनि सेन्सरमा अस्वीकार गरिएको छ ।” चलचित्रमा रहेको ६ मिनेट लामो हिंसात्मक दृश्यलाई तीन मिनेटमा घटाउन निर्देशन दिएको उनले बताए ।

चलचित्रमा पुष्कर गुरुङ, प्रेम सुब्बा, जुनिम गहतराज, अंकित खड्का, सरिना मगर, अनोज पाण्डे, कमल कार्की, गोपाल कटुवाललगायतको अभिनय रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट