ओलीको भनाइलाई सापटी लिँदै विमलेन्द्रले भने– संविधान संशोधन २०८७ मा-Sutra News

ओलीको भनाइलाई सापटी लिँदै विमलेन्द्रले भने– संविधान संशोधन २०८७ मा

बुधबार, ७ फाल्गुन २०८१

बुधबार, ७ फाल्गुन २०८१

काठमाडौं । नेपाली कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधिले संविधान संशोधन २०८७ मा मात्रै हुने बताएका छन् । बुधबार पार्टी निकट नेपाल प्रजातन्त्र सेनानी संघले आयोजना गरेको दोस्रो महाधिवेशनलाई उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् ।



निधिले संविधान संशोधनका लागि अहिले दुई तिहाई संख्या नभएको बताए । “संविधान संशोधन गर्न आवश्यक छ, यसको नेतृत्व नेपाली कांग्रेसले गर्नुपर्छ तर, अहिले संविधान संशोधनका लागि दुई तिहाई संख्या पुग्दैन, २०८७ मा मात्रै त्यो सम्भव हुन्छ”, निधिले भनेका छन् ।

प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि संविधान संविधान २०८७ मा मात्रै हुने बताएका छन् । उनको भनाईलाई लिएर कांग्रेसभित्रै विवाद भएको छ । कतिपयले ओलीको भनाईलाई देखाएर गठबन्धनको औचित्य नै सकिएको समेत टिप्पणी गरेका छन् ।

तर, निधिले सोही भनाईलाई सापटी लिँदै २०८७ मा नै संविधान संशोधन हुने बताएका छन् ।

कार्यक्रममा बोल्दै निधिले सहमतिअनुसार नै गठबन्धन अगाडि बढ्ने बताएका छन् । उनले ओलीपछि कांग्रेस सभापति शेरबहादुर देउवा नै प्रधानमन्त्री हुने बताए ।

कार्यक्रममा सम्बोधनका क्रममा निधिले देउवालाई पूर्वप्रधानमन्त्री मात्रै नभई भावी प्रधानमन्त्रीको रुपमा उल्लेख गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट