

काठमाडौं । काठमाडौं महानगरपालिकाको निर्णय अनुसार काठमाडौंका विभिन्न सात ठाउँका सडकहरूलाई बुधबारदेखि एकतर्फी (वान-वे) बनाइएको छ ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले एक सूचना जारी गर्दै सात स्थानका सडकलाई एकतर्फी बनाएको हो । यातायात आवगमनलाई सहज बनाउन वान-वे बनाइएको ट्राफिकले जनाएको छ ।
वान-वे बनाइएका सडकहरु
१. का.म.न.पा.वडा नं.५ अन्तर्गत थटु मार्गबाट वडा नं.५ को कार्यालय – भीमसेन मार्ग-हात्ती महाँकाल मार्ग-हाँडीगाउँ मार्गतर्फ मात्र प्रवेश गर्न पाउने ।
२. विशालनगर तर्फबाट आउने सवारी साधनहरुलाई भिमसेन मार्ग हुँदै वडा नं.५ कार्यालयतर्फ जान प्रवेश निषेध गरी हात्ति महाँकालतर्फ मात्र जान पाउने ।
३. हाँडीगाउँ हुँदै ढुंगेधारातर्फ सोझो प्रवेश निषेध गरी उक्त सवारी साधनहरु थटु मार्गतर्फबाट पठाउने ।
४. नक्साल भाटभटेनी तर्फबाट आउने सवारी साधनहरु वडा नं.५ को कार्यालयबाट थटु मार्गतर्फ प्रवेश निषेध गरी भिमसेन मार्गतर्फ मात्र जान पाउने ।
५. ढुङ्गेधाराबाट हात्ती महाँकालतर्फ प्रवेश निषेध गर्ने ।
६. वडा नं.५ को कार्यालयको दक्षिणतर्फबाट गहना पोखरीतर्फ प्रवेश निषेध गर्ने ।
७. बालमन्दिर तर्फबाट टंगाल जाने कैलाश मार्गमा बालमन्दिर तर्फबाट जान मात्र पाउने र टंगालबाट प्रवेश निषेध गर्ने ।