आजको राशिफल : यी हुन् आजका भाग्यमानी राशी-Sutra News

आजको राशिफल : यी हुन् आजका भाग्यमानी राशी

बिहिबार, ८ फाल्गुन २०८१

बिहिबार, ८ फाल्गुन २०८१

आज मिती २०८१ साल फाल्गुण महिनाको ८ गते विहीबार तदनुसार फ्रेब्रुअरी महीनाको २० तारीख सन् २०२५, फाल्गुण कृष्ण पक्षको सप्तमी तिथी एवं सामाजिक न्याय दिवस, आज बिहान ६ बजेर ३६ मिनेटमा काठमाण्डौ उपत्यकामा झुल्कीएको घाम साँझ ५ बजेर ५८ मिनेटमा अस्ताउने छ ।



मेष राशी: तपाईका लागि आजको दिन निकै नै शुभदायी छ । आजका दिन कुनै नया कामको थालनी गर्नु राम्रो हुनेछ । काममा जोश र जाँगर बढ्ने बढ्नुका साथै पढाइलेखाइमा मना जानेछ । जीवनसाथीको सहयोग प्राप्त भइ मन हर्षित हुने योग रहेकाले ऋण रोग र शत्रुसित लड्ने क्षमता बढ्नुका साथै आफन्तसुख प्राप्त हुनेछ ।

बृष राशि: अनावश्यक विषयमा वादविवाद हुनसक्ने योग रहेकाले एकदम संयमताका साथ बोली र व्यवहार गर्नु हितकर हुनेछ । पेशागत रुपमा पनि समस्या देखिन सक्छ । घरपरिवारमा केही मनमुटाव हुन सक्छ, सावधान रहनुहोला । शारीरिक प्रतिस्पर्धाका कामतिर मन गएपनि सफलता प्राप्त गर्न कठिन होला । प्रेमको क्षेत्रमा सफलता आंशिक सफलता प्राप्त हुनाका बाबजुद समग्रमा आजको दिन ब्यर्थ खेर गएको अनुभूति हुन सक्छ ।

मीथुन राशि: आजको दिनमा तपाईको व्यस्तता बढ्नुका साथै नयाँ कामको सुरुवात गर्न आजको दिन खासै राम्रो छैन । कार्यमा हैरानी बढ्न सक्छ, ब्यापारमा पनि घाटा सहनु पर्ला । मनमा दुबिधा रहन सक्ने भएपनि सामाजिक काममा भने नाम रहने छ । मनमा दुविधा रहन सक्ने समय देखिन्छ ।

कर्कट राशि: प्रेम र मित्रताको बन्धन कसिने तथा वैवाहिक जीवन सुखी हुने खालको दिन छ । चल-अचल सम्पत्तिको कारोवार हुन सक्ने तथा यात्राको पनि योग रहेको छ । मित्र एवम् आफन्तजनबाट सहयोग पाइने भएपनि पराक्रम वृद्धि होला । धन मान महत्व बढ्ने एवं आरोग्यता रहनेछ । आफ्नै बल विवेकले गरेको काम राम्रो हुनेछ ।

सिंह राशि: रोकिएका काम पुनः सुरु भइ मनमा प्रफुल्लता छाउला । परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइनेछ । व्यापारिक वा दैनिक काम सन्तोषजनक रूपमा नै सम्पन्न हुनेछन् । विदेशबाट पैसा पनि प्राप्त होला । धार्मिक तथा परोपकारको क्षेत्रमा मन आकर्षित हुनाका साथै आरोग्यपन बढ्नेछ ।

कन्या राशि: समय खासै नराम्रो नभएपनि आजको दिन खर्च र विवाद बढ्ने तथा शत्रुले सताउने योग रहेकाले सजग रहनु हितकर होला । भौतिक साधनको क्षतिले अनावश्यक धन नाश हुने योग छ, सावधानी अपनाएर समस्या टार्न सकिनेछ । आजको दिन सवारीसाधन चलाउदा विशेष सावधानी अपनाउनुहोला । स्वास्थ्यका लागि खानपानमा सजग रहनु उचित हुनेछ ।

तुला राशी: आजका दिन तपाईको आकस्मिक धनलाभको योग छ । पढाइलेखाइमा पनि प्रगति हुनाका साथै प्रयत्न गरेका काम ढिलै भए पनि सफल हुनेछ । ठुला ब्यक्तिसंगको भेटघाट फलदायी भेटघाट हुनाका साथै खेलकुद क्षेत्रमा आकर्षण र सुख बढ्नेछ । ब्यस्तता बढेपनि आजको दिन खुशीसाथ बित्ने छ ।

बृश्चिक राशि: आयआर्जनको दृष्टिले आजको दिन राम्रो दिन छ । केही नयाँ काम गर्नको लागि परिवारजनको राम्रो सल्लाह आउने देखिन्छ । धनलाभको योग हुनाका साथै नया साथीसँग चिनजान हुने र रमाइलो यात्रा हुन सक्ने समय छ । कामको सफलताले थप काम गर्ने हौसला मिल्नेछ भने रोकिएका काम सुचारु हुने सम्भावना प्रवल छ ।

धनु राशि: आजको दिन हाँसखेल, भ्रमण र मनोरञ्जनका क्रममा बित्ने देखिन्छ । नयाँ काम पाउने योग रहेकाले यथेष्ट धन आर्जन गर्ने अवसर मिल्ला । कृषिको कामबाट विशेष लाभ हुनेभएपनि आज लेनदेको काम भरसक नगरेकै बेस होला । कर्मबल बढ्नुका साथै मनोरन्जनात्मक क्षेत्रमा आकर्षण रहला ।

मकर राशि: अरूको भर पर्दा काममा धोका हुने र स्वास्थ्य पनि बिग्रन सक्ने समय छ । टाढाको यात्रा आज नगर्नु हितकर हुनेछ । व्यर्थको खर्च हुन सक्छ, सचेत रहनुहोला । स्वास्थ्यका लागि खानपानमा विशेष सावधानी अपनाउनुहोला । प्रेम सम्बन्धमा पनि धोका भएको अनुभूति हुन सक्छ, धैर्य राख्नुहोला । आफन्तको भने सहयोग प्राप्तिको योग छ ।

कुम्भ राशि: दौडधुप बढ्नुका साथै आजको दिन बन्न लागेको काम बिग्रन गइ मनमा चिन्ता बढ्न सक्छ । ठूलो सहयोगको आशा देखाउनेहरूले धोका दिन सक्छन्, सचेत रहनुहोस् । मनमा केहि दुविधा पनि रहनुका बाबजुद आमाबाट आएको धनको उपयोगबाट लाभ उठाउन सकिनेछ । उन्नति गर्ने अवसर प्राप्त हुने योग रहेकाले सार्वजनिक कार्यक्रममा आकर्षण जाग्नेछ ।

र, मिन राशि: सोचेअनुरुप धन आर्जन हुने समय हुनुका साथै पठन–पाठनमा पनि प्रगति हुनेछ । सन्तान पक्षबाट खुशीको समाचार सुन्न पाइएला । धन आर्जनका नयाँ बाटा खुल्ने योग रहेकाले परिवारजनका इच्छा पूरा गर्न सकिनेछ । साझेदारीको काम बन्नेछ भने दामपत्यसुख बढ्नुका साथै प्रेमभाव बढ्नेछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट