एलएस अटोको आधिकारीक विक्रेता नेक्सन वेन्चरले चितवनमा टेस्ट ड्राइभ र एक्सचेन्ज क्याम्प गर्ने-Sutra News

एलएस अटोको आधिकारीक विक्रेता नेक्सन वेन्चरले चितवनमा टेस्ट ड्राइभ र एक्सचेन्ज क्याम्प गर्ने

बुधबार, ७ फाल्गुन २०८१

बुधबार, ७ फाल्गुन २०८१

काठमाडौं । विश्वकै ठूलो अटोमोबाइल डिजाइन हाउसहरूमध्ये एक संघाइ लन्च अटोमोटिभ टेक्नोलोजीको एलएस अटोको आधिकारीक विक्रेता नेक्सन वेन्चर प्रालिले टेस्ट ड्राइभ र एक्सचेन्ज क्याम्प गर्ने भएको छ ।



चितवन ग्रार्डेन रिसोर्टमा फाल्गुन ९ र १० गते क्याम्प सञ्चालन गर्न लागेको हो। कम्पनीको दुई मोडलहरु एलईभी ०३ र एलईभी ०५ लन्च हुने लागेका छन् । सन् २०२५ मा एलएस अटोको कारहरु एलएचएस र आरएचएस दुबै अप्सनमा बन्ने भएकोले छिटै नेपालमा समेत आउने भएका छन् ।

२५ वर्षभन्दा लामो समयदेखि अटोमोबाइल डिजाइन, इन्जिनियरिङ, प्रोटोटाइप विकास तथा उत्पादनमा संलग्न एलएस अटोले नेपालका लागि नेक्सन भेन्चरलाई आधिकारिक वितरक नियुक्त गरेको छ ।

पहिलो मोडलको रुपमा एलईभी ०१ क्रसओभर इलेक्ट्रीक एसयूभी ल्याएको कम्पनीले यो वर्ष एलईभी ०३ र एलईभी ०५ ल्याउन लागेको हो । एलईभी ०३ एक प्रिमियम क्रसओभर इलेक्टीक एसयूभी हो भने एलईभी ०५ मिडसाइज कम्प्याक्ट एसयूभी हो । यी मोडेलहरू एलएचएस (लेफ्ट ह्यान्ड ड्राइभ) र आरएचएस (राइट ह्यान्ड ड्राइभ) दुबै संस्करणमा उपलब्ध हुने भएकाले नेपालमा तीव्र रूपमा लोकप्रिय हुने अपेक्षा गरिएको छ ।

एलएस अटोको उत्पादन चीनको जियाङसी प्रान्तमा रहेको अत्याधुनिक प्लान्टमा हुँदै आएको छ । कम्पनीले युरोपियन बजार लक्षित गर्दै टर्कीमा समेत उत्पादन प्लान्ट स्थापना गर्दैछ । हालसम्म नेपालसहित मोरिसस, टर्की, इजिप्ट, नाइजेरिया, कजाकिस्तानसहित ११ देशमा एलएस अटोको उपस्थिति विस्तार भइसकेको छ ।

विगत २५ वर्ष देखि विभिन्न ब्राण्डको अटोमोवाइलको डिजाइन, इन्जीनीयरीङ्ग, प्रोटोटाइप विकास तथा ट्रयाल प्रडक्सन जस्ता सम्पूर्ण काम (टर्नकि प्रोजेक्ट) गर्दै आएको छ ।  कम्पनीले आफ्नै अटोमोवाइल  ब्राण्डको इभी तयार गरेको हो । संघाइ लन्च अटोमोटिभले चिनमा अटोमोवाइल मात्र होइन हाइस्पीड रेलवे, हेलीकप्टर डिजाइन सम्ममा सम्मीलीत रहेको छ ।

यो कम्पनीको जियाङसी प्रोभियन्समा वार्षिक १ लाख ५० हजार उत्पादन क्षमता भएको  आफ्नै फ्याक्ट्री रहेको छ । कम्पनीले युरोपियन बजार लक्षित गर्दै टर्किमा समेत उत्पादन प्लान्ट लगाउदैछ । कम्पनीले अहिलेसम्म नेपाल लगाएत मोरिसस, टर्कि, इजीप्ट, नाइजेरिया कजाकिस्थान ११ देशमा आफ्नो उपस्थीती जनाइसकेको छ । एलईभी ०१ दुई भेरियन्ट (स्ट्यान्डर्ड र कम्फर्ट) मा उपलब्ध छ । यसमा ६७.१ किलोवाट आवरको ब्याट्री प्याक जडान गरिएको छ, जसले ९९ किलोवाटको फ्रन्ट ह्वील ड्राइभ मोटर सञ्चालन गर्छ । यो मोटरले ३२० न्यूटन मिटर टर्क उत्पन्न गर्न सक्ने र एकपटक फुल चार्जमा ५०० किलोमिटर रेन्ज दिने बताइएको छ ।

नेपालका सडकअनुकूल २१० एमएम ग्राउन्ड क्लियरेन्स भएको एलईभी ०१ एस भोल्टको नवीनतम हनिकम्ब आर्किटेक्चरमा बनेको छ । यसको ड्र्याग कोइफिसियन्ट ०.२६८ मात्र रहेको छ, जसले ईभीको कार्यक्षमता उच्च बनाउँछ । यस क्रसओभर ईभी एसयूभीमा होरिजोन्टल डीआरएल, भर्टिकल हेडलाइट सेटअप, सस्पेन्डेड टेललाइट डिजाइन, लेदरेट स्टेरिङ ह्वील, वायरलेस चार्जिङ प्याड, मल्टीकलर एम्बियन्ट लाइट, इलेक्ट्रिक एड्जस्टेबल फ्रन्ट सिट, प्यानारोमिक सनरुफ, इलेक्ट्रिक टेलगेट, मल्टी ड्राइभ मोड जस्ता सुविधाहरू रहेका छन्।

सुरक्षाका हिसाबले एलईभी ०१ मा १० वटा एयरब्याग, ईबीडी, ट्रयाक्सन कन्ट्रोल, इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल, क्रूज कन्ट्रोल, अटो होल्ड, हिल असिस्ट कन्ट्रोल जस्ता अत्याधुनिक सुविधाहरू उपलब्ध छन्। एलएस अटोले बनाएको पहिलो मोडल एलईभी ०१ नेपाल भित्रीसकेको छ । नेपालको लागि नेक्सन भेन्चर आधिकारीक वितरक नियुक्ती भएसँगै एलएस अटोको एलईभी ०१ नेपाल भित्रीएको हो । स्ट्याण्डर्ड र कम्फर्ट गरि दुई भेरियन्टमा भित्रीयको एलईभी ०१ मा ६७.१ किलोवाट आवरको व्याट्रीप्याक रहेको छ । यो इभीमा ९९ किलोवाटको फ्रन्टह्वील डाइभ मोटर रहेको छ । यो मोटरले ३२० न्यूटन मिटरको टर्क जेनेरेट गर्छ ।

एलईभी ०१ मा नेपालको बाटो सुहाउदो २१० एमएमको ग्राउण्ड क्लियरेन्स रहेको छ । प्योर इलेक्टीक प्ल्याटफर्म एलईभी एक्समा बनेको यो इभीमा व्याट्रीप्याक पोजीसन साइड बडिभन्दा अझै माथि रहेको छ । यसको व्याट्रीप्याक र ग्राउण्ड बिचको दुरी द्दद्दज्ञ एमएमको रहेको छ । एसभोल्टको हनिकम्ब आर्किटेक्चरमा डिजाइन भएको यसको व्याट्रीप्याक अन्य इभीहरुमा जस्तो ह्याङगीङ्ग भएको जस्तो बाहिरबाट देखिदैन । एस भोल्टको व्याट्री एनसीएम तथा व्लेडव्याट्री भन्दा ८ प्रतिशतले बढि दक्ष रहेको छ । चीनको लिडिङ डिजाइन हाउस एलएस अटोले बनाएको यो एसयूभी निकै एरोडाइनामिक रहेको छ । यसको ड्रयाग कोफिसीयन्ट इलेक्ट्रीक एसयूभीहरुमा सबैभन्दा कम ०.२६८ मात्र रहेको छ । यो इभीले एक पटकको फुल चार्जमा ५००ं किलोमिटर सम्मको रेन्ज दिन्छ ।

प्रिमीयम डिजाइन रहेको एलईभी ०१ मा पनि होरिजेन्टल डीआरएल, भर्टिकल हेडलाइट सेटअप रहेको छ भने रियरमा सस्पेन्डेड टेललाइट डिजाइन रहेको छ ।  लेदरेट स्टेरिङ ह्वील तथा सीटकभर, वायरलेस चार्जिङ प्याड, मल्टीकलर एम्बीयन्ट लाइट, इलेक्ट्रीक एड्जस्टेबल फ्रन्टसिट, लग्जरी क्याविन स्पेश, हाइटेक ड्यासबोर्ड इन्टरफेस, एलसीडी इन्टुमेन्टल क्लस्टर, प्यानारोमिक सनरुफ, इलेक्ट्रीक टेलगेट, मल्टी ड्राइभ मोड जस्ता फिचर रहेको छ ।

सुरक्षाका लागि यो इभीमा १० वटा एयरव्याग, इबीडी, ट्रयाक्सन कन्ट्रोल, इलेक्ट्रोनिक स्टेबीलीटी कन्ट्रोल, क्रूजकन्ट्रोल, अटोहोल्ड, हिलअसिस्ट कन्ट्रोल आदि फिचर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट