विश्व अर्थराजनीतिमा ट्रम्पले ल्याएको हलचल, किन रोक्दै छन् सहयोग ?-Sutra News

विश्व अर्थराजनीतिमा ट्रम्पले ल्याएको हलचल, किन रोक्दै छन् सहयोग ?

बिहिबार, ८ फाल्गुन २०८१

बिहिबार, ८ फाल्गुन २०८१

काठमाडौं । डोनाल्ड ट्रम्प दोस्रोपल्ट अमेरिकाको कार्यकारी प्रमुख भएपछि उनले अन्तर्राष्ट्रिय बित्तिय सहयोगमा रोक लगाए । संसारका प्रायः सबै गरीब देशले पाउँदै आएको बित्तीय सहयोग रोकिएको छ। नेपालले पनि पाउँदै आएको आर्थिक सहयोगको बाटो बन्द भएको छ। युएसएआइडि, एमसिसि लगायत नेपाललाई जैविक विविधता संरक्षण गर्न र वित्तीय संघीयताका लागि दिँदै आएको रकम पनि रोकेको छ ।



राष्ट्रपति ट्रम्पले आफ्नो सम्बोधनमा नेपाललाई दिइदै आएको बित्तीय सहयोग किन रोकेको भनेर कारण सहित स्पष्ट पारेका छन। ट्रम्पले अमेरिकाले वर्षेनी नेपाललाई विविध शीर्षकमा दिँदै आएका ती सबै रकमलाई ठगी भनेका छन । हामीलाई अमेरिकी सरकारले दिदै आएको बित्तीय सहयोग आफैले कति दुरुपयोग गरिरहेका रहेछौ भन्ने कुरा ट्रम्पले भनिदिए ।

हामी हाम्रो संघीय प्रणालीलाई आफैले मजबुत र जनभावना अनुकुल बनाउन नसकेको कुरा अमेरिकाले भन्दिन पर्ने । संघीय कानुन बन्न सकेका छैनन् । शासनसत्ता अझैसम्म केन्द्रिकृत नै छ। संघ र प्रदेश बिचको तादाम्यता मिलेको छैन। संविधानले निर्देशन गरेका धेरै कुराहरू अझै अधुरा छन। कयौं कानुनहरु बन्न बाँकी छन। यही कारणले पनि संघीयता धरापमा छ भनेर हामी स्वयंले भन्दै आएका छौ।

प्रदेशको स्वयत्ततामा केन्द्रले हस्तक्षेप गरिरहेको अवस्था छ। हामी आफू कानुन निर्माण गर्न नसक्ने, संघीयतालाई विदेशीले दिएको बित्तीय सहयोगले बलियो बनाउँछु भनेर सोच राख्नुनै भ्रम थियो। त्यसैले ट्रम्पले हामीलाई गिज्याउदै भने यो रकम फ्रड हो ठग हो। हाम्रो संघीयताका लागि दिँदै आएको २ करोड डलर र जैविक विविधता संरक्षणका लागि दिँदै आएको १ करोड ९० लाखसहित ३ करोड ९० लाख अर्थात् नेपाली झण्डै ५ अर्ब ४३ करोड रुपैयाँ अब रोकिएको छ । ट्रम्पले अमेरिकाले नेपाललाइ दिदै आएको यो सहयोग रकमलाई फ्रड हो भने। कसरी फ्रड हो ? र यो रकमको कसरी दुरुपयोग भएको रहेछ यस्को बारेमा अब बहस हुनु नितान्त जरुरी छ।

अमेरिकी सहयोग नियोग यूएसएडको अनुदानमा नेपालमा सञ्चालित परियोजनाहरु धमाधम रद्द भएका छन । अहिले अमेरिकी सहयोगको एमसीसी परियोजनाका कामको भुक्तानी समेत रोकिएको छ ।

अमेरिकामा ट्रम्प प्रशासनले यूएसएआईडीलाई आफ्नो मुख्यालयबाट हटाएको छ। दशकौंसम्म यस भवनमा काम गर्ने एजेन्सी देखि कर्मचारीहरु एकाएक निलम्बित भएका छन। कार्यलय बन्द भएको कुरा कर्मचारीलाई एक्कासि थाहा हुँदा उनीहरू समेत रनभुल्लमा परेका थिए । कार्यलयमा नियमित काम गर्न जाँदै गर्दा एकाएक तिनीहरू प्रवेश गर्न रोकिए।

यूएसएआईडीको वैदेशिक सहायतामा प्रतिबन्धको कारण धेरै राहत र विकासका कार्यक्रमहरु बिश्वबाट नै बन्द गरिएका छन। धेरै कर्मचारीहरू निकालिएका छन। ट्रम्प प्रशासनले सबै विदेशी सहायता रोक्न आदेश जारी गरिसकेको छ।

मानवीय सहायता संगठनको असंख्य शरणार्थी परिषदले यसलाई सबैभन्दा विनाशकारी स्थितिको रूपमा वर्णन गरेको छ। यस संस्थाले भनेको छ कि यसले बीस देशका लाखौं मानिसहरूलाई सहयोग पुर्याउदै आएकोमा अब यो परियोजना बन्द हुँदा मानिसहरु व्यापक समस्यामा पर्दैछन।

सबैभन्दा बढी प्रभावित क्षेत्रहरूको बारेमा कुरा गर्दै यसमा बुकिनापोसो समावेश छ, जहाँ लाखौ मानिसहरूले पानीको अभाव झेल्नुपर्छ। सुडान दोस्रो स्थानमा छ जहाँ पाँच हजार भन्दा बढी बेकरीले मानिसहरूलाई सस्तो रोटी दिएर खाना प्रदान गर्दै आएका थिए।

अमेरिकाको संघीय न्यायाधीशले ट्रम्प प्रशासनको कतिपय निर्णय माथी अस्थायी प्रतिबन्ध लगाइरहेको पनि छ । अहिले नेपालमा संचालित स्वास्थ तथा महिला, बालबालिका कार्यक्रमका योजनाहरु अलपत्र परेका छन। एचआइभि संक्रमित तथा नियन्त्रण कार्यक्रम अन्तर्गत नियमित खानुपर्ने औषधिहरु समेत अभाव हुने संकेत देखा परेको छ। अमेरेकी प्रोजेक्ट तथा एनजिओ /आइएनजीओमा काम गर्ने हजारौं रोजगारीको जागीर खोसिदै छ। ट्रम्पले आफ्नो देशलाई बलियो बनाउने नीति अनुरुप संसारलाइ दिदै आएको सहयोग रकम रोक्नुले अहिले बिश्वका गरीब देश एक्कासि समस्यामा परेका छन।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट