२७४३ को बिन्दुमा उक्लियो सेयर बजार-Sutra News

२७४३ को बिन्दुमा उक्लियो सेयर बजार

बिहिबार, ८ फाल्गुन २०८१

बिहिबार, ८ फाल्गुन २०८१

काठमाडौं । लगातार वृद्धिका बिच साताको अन्तिम कारोबार दिन (बिहीबार) पनि सेयर बजार परिसूचक (नेप्से)मा एकल अंकको वृद्धि भएको छ । बिहीबार ३.१४ अंकले बढ्दै नेप्से २७४३.७४ को बिन्दुमा उक्लियो । समग्रमा बिहीबार ०.११ प्रतिशतले नेप्से बढ्यो ।



बिहीबार मुख्यगरी व्यापार र जीवन बिमा समूहको योगदानले नेप्से उचालिएको हो । १३ समूहमध्ये व्यापार ३.७७ प्रतिशत, जीवन बिमा २.४२ प्रतिशत, निर्जीवन बिमा ०.६४ प्रतिशत र अन्य ०.५७ प्रतिशतले बढ्यो भने अन्यमा करेक्सन आएको छ ।

कारोबारमा आएका १५८ कम्पनीको मूल्य घट्दा ८१ कम्पनीको मात्रै मूल्य बढ्यो भने ५ कम्पनीको मूल्य स्थिर रह्यो ।

आज तुलनात्मक हिसाबले कारोबार रकममा पनि गिरावट आएको छ । १ करोड ५६ लाख ३७ हजार कित्ता सेयर किनबेच हुँदा कारोबार रकम ८ अर्ब ६२ करोड ७६ लाख रुपैयाँको भयो । जुन यो साताकै कम कारोबार हो ।

यसअघि मंगलबार कारोबार रकम १० अर्ब ३७ करोड रुपैयाँ माथि भएको थियो ।

आज कारोबार रकमका आधारमा नेपाल रि इन्स्योरेन्स र हिमालयन रि इन्स्योरेन्सले लिड गरे । नेपाल रिको मात्रै ६५ करोड ६६ लाख बराबरको सेयर किनबेच भएको छ ।

आइतबारदेखि नै नेप्सेमा लगातार वृद्धि भइरहेको थियो । ४ कारोबार दिनको बिचमा नेप्से ६५.२७ अंकले उचालिएको छ ।

बिहीबार केही करेक्सन आउन खोजे पनि नेप्सेले कारोबारलाई सकारेको देखिन्छ ।

बिहीबारको कारोबारले आगामी दिनमा पनि बजार बढ्ने संकेत गरेको बजारका जानकारहरूको भनाई छ । बजारका जानका ऋतुजंग जिसीका अनुसार बजारमा लगानीकर्ता उत्साहित नै देखिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट