राप्रपाले भण्डाफोर सभा गर्ने, कुन प्रदेशमा कहिले ?-Sutra News

राप्रपाले भण्डाफोर सभा गर्ने, कुन प्रदेशमा कहिले ?

बिहिबार, ८ फाल्गुन २०८१

बिहिबार, ८ फाल्गुन २०८१

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले प्रदेशस्तरीय बृहत भण्डाफोर सभा घोषणा गरेको छ । भ्रष्टाचार र व्यथितिविरुद्धमा र हिन्दू राष्ट्र तथा राजसंस्थाको पक्षमा भण्डाफोर सभा घोषणा गरिएको बताइएको छ ।



पार्टी महामन्त्री एवं सचिवालय प्रमुख राजेन्द्र गुरुङका अनुसार गण्डकी प्रदेशको पोखरामा फागुन ९ गते, लुम्बिनी प्रदेशको बुटवलमा फागुन १७ गते, सुदूरपश्चिम प्रदेशको धनगढीमा फागुन १८ गते, मधेश प्रदेशको जनकपुरमा फागुन २१ गते, बागमती प्रदेशको काठमाडौंमा फागुन २५ गते र कर्णाली प्रदेशको सुर्खेतमा फागुन २७ गते भण्डाफोर सभा आयोजना गरिएको छ । कोशी प्रदेशको भने मिति तय गरिएको छैन ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट