‘लाज शरणम्’को प्रचारप्रसार रोक लगाएपछि ‘सक्किगोनि’को प्रसारण पनि रोकियो-Sutra News

‘लाज शरणम्’को प्रचारप्रसार रोक लगाएपछि ‘सक्किगोनि’को प्रसारण पनि रोकियो

बिहिबार, ८ फाल्गुन २०८१

बिहिबार, ८ फाल्गुन २०८१

काठमाडौं । फिल्म ‘लाज शरणम्’लाई लिएर उच्च अदालत पाटनको आदेशपछि टेलिश्रृंखला ‘सक्किगोनि’को ९१औँ भाग प्रसारण समेत प्रभावित बनेको छ ।



टेलिश्रृङ्खलाको ९१औँ भागमा फिल्म ‘लाज शरणम्’को प्रचारप्रसार सामग्री रहेकाले अदालतको आदेशअनुसार सामग्री प्रसारण गर्न असमर्थ भइएको कलाकार अर्जुन घिमिरेले जानकारी दिए ।

सामाजिक सञ्जाल फेसबुकमा घिमिरेले लेखेका छन्, ‘सम्पूर्ण दर्शकहरूमा सादर नमस्कार ! पाटन उच्च अदालतले हाम्रो चलचित्र लाज शरणम‍्को प्रचारप्रसारमा रोक लगाएपछि हामीले चलचित्र प्रचारप्रसारको निम्ति छायांकन गरिसकेको टेलिसिरियल सक्किगोनिको ९१औँ भाग अदालतको आदेशलाई आत्मसाथ गर्दै प्रसारण गर्न असमर्थ भएका छौँ । उक्त कारण यहाँहरू सम्पूर्णमा पर्न गएको असुविधाप्रति हामी क्षमाप्रार्थी छौँ’, उनले सामाजिक सञ्जाल फेसबुकमा भनेका छन् ।

केही दिनअघि उच्च अदालत पाटनले हाल थुनामा रहेका आफताब आलमको मुद्दाका आधारमा फिल्मको प्रचार प्रसारमा रोक लगाएको थियो । आलमले आफ्नो आकृति झल्किने तस्बिर र सामग्री फिल्ममा प्रयोग गरिएको पाइएको भन्दै रोक लगाउन माग गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट