

काठमाडौं । ताप्लेजुङको पाथीभरामा केवलकार निर्माणको विरोध गर्दै आएको ‘नो केवलकार समूह’ र प्रहरीबीच बिहीबार दिउँसो झडप भएको छ ।
बिहीबार ठूलो फेदीबाट पदयात्रा निकाल्दै केवलकार निर्माणस्थलतर्फ जाँदै गरेको ‘नो केवलकार समूह’लाई नेपाल प्रहरी र सशस्त्र प्रहरीले रोक्न खोजेपछि झडप भएको हो ।
झडपमा सुरक्षाकर्मीसहित १२ जना घाइते भएका छन् । झडपलाई नियन्त्रणमा लिन अश्रुग्यास पनि प्रहार भएको थियो ।