आजको राशिफल : यी हुन् आजका भाग्यमानी राशी-Sutra News

आजको राशिफल : यी हुन् आजका भाग्यमानी राशी

शुक्रबार, ९ फाल्गुन २०८१

शुक्रबार, ९ फाल्गुन २०८१

आज मिती २०८१ साल फाल्गुण महिनाको ९ गते शुक्रबार तदनुसार फ्रेब्रुअरी महीनाको २१ तारीख सन् २०२५, फाल्गुण कृष्ण पक्षको अष्टमी तिथी एवं अन्तराष्ट्रिय मातृभाषा दिवस, आज बिहान ६ बजेर ३५ मिनेटमा काठमाण्डौ उपत्यकामा झुल्कीएको घाम साँझ ५ बजेर ५९ मिनेटमा अस्ताउने छ ।



मेष राशी: आजको दिन आरोग्यता रहने र दाम्पत्य सुख बढ्ने समय छ । धर्मको पालना, मंगलमय कर्म सम्पादन र सामाजिक दायित्व वहनमा आजको समय ब्यतीत होला । खराब व्यक्तित्वको विश्वासमा पर्नाले काममा धोका पाइएला, सचेत रहनुहोला । सवारी तथा हातहतियारको उपयोग आजको दिन विशेष सावधानीका साथ गर्नु हितकर हुनेछ ।

बृष राशि: धेरै परिश्रमबाट थोरैमात्र लाभ मिल्ने समय छ । परिवारजन, बन्धुबान्धव वा इष्टमित्रसँग असमझदारी बढ्न सक्छ । घर-जग्गामा विवाद देखिन सक्छ, विशेष सतर्क रहनु हितकर होला । आर्थिक अभावले पनि सताउन सक्छ । घरेलु काममा आकर्षण बढ्नेछ । आरोग्यता रहनुका साथै यात्रापरक काम बन्नेछ । आफन्तको साथ मिल्नेछ ।

मीथुन राशि: आज समाजसेवा र परोपकारका कार्य गरिनेछ । । व्यवसायमा अनुकूल परिवर्तन हुने योग रहेकाले व्यवसायमा सामान्य प्रगति हुनेछ । कामको सन्दर्भमा शक्तिशाली व्यक्तिहरूसँग प्रतिस्पर्धा बढेपनि आवेगले गर्दा हातमा आएका अवसर गुम्न सक्छ, धैर्यशील रहनुहोला । समस्याको समाधान प्राप्त हुनाका साथै प्रतिष्पर्धी परास्त होलान् ।

कर्कट राशि: व्यस्तता बढ्नुका साथै आजको दिन नसोचेको ठाउबाट आर्थिक लाभ होला । नया उद्योग–धन्दाको थालनी गर्न सकिने समय छ । बौद्धिक वा शैक्षिक क्रियाकलापमा प्रगति र सफलता मिल्नेछ भने विद्यार्थीहरूको लागि विशेष प्रगति हुने दिन रहेको छ । मिठो भोजन प्राप्त हुने भएपनि जीवनसाथीलाई केही पीडा हुन सक्छ, सचेतनापूर्ण व्यवहार गर्नुहोला ।

सिंह राशि: सहयोगीजनको राम्रो साथ पाइने भएपनि पारिवारिक असमझदारी र बन्धुबान्धबसंग मनमुटाव हुन सक्छ । त्यसबाट खासै नकारात्मक असर भने हुने देखिन्न । घरमा सामान्य मनमुटाव भएपनि शिक्षा र साझेदारीमा फाइदा हुनेछ । महत्वपूर्ण वस्तु गुम्ने सम्भावना रहेकोले सचेत रहनुहोला । कलात्मक काममा सफलता मिल्नेछ ।

कन्या राशि: आँटेको समयमा काम अवरुद्ध बन्न सक्ने तथा स्वास्थ्य सम्बन्धी समस्याले केही खर्च हुने दिन रहेको छ । अनावश्यक खर्च र ऋणभार बढ्ने व्यवहारबाट पर रहनुहोला । राजनीतिक तथा सामाजिक प्रभाव कमजोर बन्न सक्ने योग रहेकोले आजको दिन सार्वजनिक क्रियाकलापमा सरिक नभएकै राम्रो हुनेछ । परिस्थितिलाई पछ्याउन नसक्दा अलि पछि परिएला । आफन्तको साथ प्राप्त हुनेछ ।

तुला राशी: आजको दिन फलदायी यात्रा हुन सक्ने हुनाले काममा उत्साह जाग्नेछ । जागिरमा पदोन्नति, व्यापार–व्यवसायमा फाइदा हुनेछ । दाम्पत्य सम्बन्ध पनि सुमधुर रहला । मेहनत गर्दा राम्रै उपलब्धि हातलागी हुनाका साथै नयाँ व्यवसाय प्रारम्भ गर्न सकिनेछ । पढाइलेखाइमा राम्रो नतिजा देखाउन सकिने योग छ । विलासी काममा आकर्षण बढ्नेछ ।

बृश्चिक राशि: सन्तानपक्षबाट फाइदा र सुख मिल्ने समय छ । रोकिएका काम सुरु हुनका साथै दाम्पत्य सम्बन्ध प्रगाढ हुनेछ । धार्मिक तथा सामाजिक क्रियाकलापमा रुचि बढ्नेछ । परिवारजनको सहयोगले विशेष कामहरू बन्नेछन् । मिठो भोजन प्राप्त हुने योग रहेपनि खर्च नियन्त्रणको लागि आज विशेष योजना र बजेट बनाइ कार्य गर्नु बेस होला ।

धनु राशि: तपाईका लागि आजको दिन मानहानी वा अपजशको सम्भावना रहेको दिन रहेकाले संयमतापूर्ण व्यवहार गर्नु हितकर हुनेछ । धनधान्य लाभ, कृषिकर्म तथा पशु व्यवसायबाट फाइदा हुने योग छ । स्थायी सम्पत्ति आर्जन गर्ने समय भएपनि साझेदारीमा विवाद पर्न सक्छ । खेलकुद भ्रमणमा आकर्षण भढेपनि यात्रामा कष्ट हुने देखिन्छ ।

मकर राशि: लगानीको प्रतिफलमा कमी र साझेदारी सम्बन्धमा समस्या आउने दिन छ । व्यवसाय र कृषिकर्ममा परिश्रम तथा लगानीभन्दा न्यून उपलब्धि हासिल होला । विपरीतलिंगीहरूप्रति आकर्षण बढ्नुका साथै प्रेम र मित्रताको बन्धन कसिन सक्छ । सरोकार नभएका विषयमा रुचि राख्नाले दुःख पाइने हुनाले ध्यान राखेर व्यवहार गर्नुहोला ।

कुम्भ राशि: सामर्थ्य वृद्धि भएपनि बोलीको गलत अर्थ लाग्ने, विवादमा परिने र आर्थिक अभावले सताउने योग रहेकोले विशेष संयमताको खाँचो पर्ला । अनावश्यक खर्च बढ्न सक्छ, सावधान रहनुहोला । शुभचिन्तकहरूले साथ दिनाले चुनौतीहरू पन्छाएर परिस्थिति अनुकूल बनाउन सकिनेछ । स्वास्थ्यसम्बन्धी समस्याले सताउने योग रहेकाले खानपानमा ध्यान राख्नुहोला ।

र, मिन राशि: दौडधुप बढेपनि आर्थिक उपार्जनमा सुधार आउने समय छ । प्रयत्न गर्दा नयाँ जागिर समेत प्राप्त हुने योग छ । केही अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपरे पनि लगनशीलताले लक्ष्यमा पुऱ्याउनेछ । स्थायी सम्पत्तिमा केही विवाद आउला, सचेत रहनुहोला । आफन्तको साथ कमै मिल्ने योग रहेपनि जटिल समस्याले समेत सहजै निकास पाउने समय छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट