

काठमाडाैं । स्थानीय बजारमा शुक्रबार सुनकाे मूल्यमा गिरावट आएकाे छ । बिहीबार प्रतिताेला ५ सय रूपैयाँले बढेकाे सुनकाे मूल्य शुक्रबार प्रतिताेला १ हजार रूपैयाँले घटेकाे हाे ।
मूल्य घटेसँगै शुक्रबार सुनकाे मूल्य प्रतिताेला १ लाख ७० हजार रूपैयाँ कायम भएकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । यसअघि बिहीबार सुनकाे मूल्य एक लाख ७१ हजार रूपैयाँमा कारोबार भएको थियो।
सुनकाे मूल्य घटेसँगै शुक्रबार चाँदीकाे मूल्य पनि घटेकाे छ । बिहीबारकाे तुलनामा चाँदीकाे मूल्य प्रतिताेला ५ रूपैयाँले घटेकाे हाे ।
मूल्य घटेसँगै शुक्रबार स्थानीय बजारमा चाँदी १ हजार ९९० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएकाे छ ।
आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २९ सय २८ अमेरिकी डलरमा कारोबार भइरहेको छ।