चलचित्र ‘भूठान’ को टिजर सार्वजनिक-Sutra News

चलचित्र ‘भूठान’ को टिजर सार्वजनिक

शुक्रबार, ९ फाल्गुन २०८१

शुक्रबार, ९ फाल्गुन २०८१

काठमाडौं । हरिवंश आचार्य अभिनित चलचित्र ‘भूठान’को टिजर सार्वजनिक भएको छ । सार्वजनिक टिजरअनुसार चलचित्रमा आचार्यले भुटानी आप्रवासीको भूमिका निर्वाह गरेका छन् ।



अमेरिका लगिएका भुटानी आप्रवासीको भूमिकामा देखिएका हरिवंश गम्भीर भाव र मुद्रामा देखिएका छन् जहाँ उनी आफ्नो देश फर्कन खोजेको तर नपाएर विक्षिप्त बनेको मानसिक रोगी भएको देखाइएको छ ।

एक दृश्यमा दयाहाङ र जोयश पाण्डेले अभिनय गरेका पात्रहरू दाजुभाइ रहेको र बाबुको लासलाई गाड्ने कि जलाउने भनेर वादविवाद गर्दै गरेको देखिन्छ । अर्को एक दृश्यमा समलैंगिक सम्बन्ध राखेको थाहा पाएर आफ्नी छोरीलाई हकार्दै गरेकी आमा पात्रको भूमिकामा रिचा घिमिरे देखिएकी छिन् ।

हलिउडका विश्वविख्यात अभिनेता ब्रुस डर्न पनि पहिलो पटक नेपाली निर्देशकले बनाएको चलचित्रमा देखिएका छन् । टिजरको अन्तमा महामृत्युन्जय मन्त्र पढ्दै गरेको धमिलो नांगो शरीर र तेरो पुर्नजन्म भयो भन्दै पानीमा चोपलेर निकालिएको अर्को शरीर देखाइएको छ ।

अंग्रेजीमा ‘द वल्र्डस् ह्याप्पिएस्ट म्यान’ नाम रहेको यो चलचित्र आचार्यसँगै दयाहाङ राई, अनुराधा मजुमदार, पूजा चन्द, रिचा घिमिरे, जोएस पाण्ड अदिति प्याकुरेल, टम क्रेन, विमल सुवेदी, हलिउड अभिनेता ब्रुस डर्नले अभिनय गरेका छन् ।

चलचित्रलाई विनोद पौडेलले निर्देशन गरेका छन् । यस चलचित्रको प्रमुख निर्मातामा अविरल थापा, राजेन्द्र ठकुराठी, अमिताव जोशी, सुशांक मैनाली र किर्तना बाँस्कोटा छन् । कार्यकारी निर्मातामा विकाश भिटो अधिकार, कौशिला खनाल, रमेश भट्ट, अपार श्रेष्ठ, भुवन प्याकुरेल छन् । चलचित्र वैशाख १२ गते प्रदर्शनमा आउनेछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट