अमेरिकामा नेपाली विद्यार्थी संकटमा-Sutra News

अमेरिकामा नेपाली विद्यार्थी संकटमा

शुक्रबार, ९ फाल्गुन २०८१

शुक्रबार, ९ फाल्गुन २०८१

क्यालिफोर्निया । कक्षा १२ पास पश्चात नेपाली विद्यार्थीको रोजाई र चाहना हुन्छ विदेश । त्यसमा पनि विशेष गरि अमेरिका र अष्ट्रेलिया पहिलो रोजाईमा पर्ने गरेको छ । यो चाहना विद्यार्थीको मात्र नभई अभिभावकहरुको समेत रहने गरेको छ । जसका कारण पनि उच्च शिक्षासहित उज्ज्वल भविष्यका लागि नेपाली विद्यार्थी पलायन हुन बाध्य छन् ।



पढ्दापढ्दै १७१८ वर्षको उमेरमा विदेशीन बाध्य भएका छन् नेपाली विद्यार्थी । कलिलै उमेरमा विदेशीएका विद्यार्थीमा न त सिप नै हुन्छ नत परिपक्कता नै । जसका कारण उनीहरु विदेशी भूमिमा विभिन्न किसिमका समस्या र कठिनाईहरु झेल्न बाध्य छन् ।

छोराछोरीलाई अमेरिका होइन आत्म निर्भर बन्ने सपना देखाउन जरुरी भएको छ । सपनाको देश अमेरिकामा यतिबेला छोराछोरी पठाउनु भन्दा पहिले आमाबुवाले सोच बिचार गर्नु जरुरी छ । अब पहिलाको जस्तो सजिलो छैन अमेरिका ।

हिजोअस्ति गाउँ घरमा दश कक्षा पास गरिसकेपछि छोराछोरीलाई आफ्नो हैसियत अनुसार शहरमा कोठा भाडामा लिएर, दालचामल घरबाट पठाएर उच्च शिक्षा दिने चलन थियो । दुई चार बर्ष शहरमा बसेर घरबाट आमाले पठाइदिएको दाल, चामल र गाई भैसिको दूध , कुखुराको भाले, खसी बोका बेचेर पठाएको पैसाले पढ्नेहरू नै विदेशका ठूला राष्ट्र युरोप, अमेरिका पढ्न जाने भए अब । किनकि समयले कोल्टे फेर्यो ।

छोराछोरी विदेश पढ्न जाने भए भनेपछि आमा बुवा खेतबारी बेच्न तयार हुन्छ्न । युरोप अमेरिका पढ्न पठाउन भनेर ऋण मागियो भने ऋणदाता पनि तयार हुन्छ्न । छोराछोरीलाई अमेरिकामा पढ्न पठाउन पाउनु कुनै पनि आमा बुबाको लागि खुशीको कुरा हुन्छ । अमेरिका मात्र होइन कुनै पनि देशमा छोराछोरी पढ्न जान सक्ने बनाउनु आमा बुवाको कर्तव्य हो भने सन्तान असल र सक्षम भएको देख्न पाउनु आमा बुबाको गर्वको कुरा हुन्छ।

अमेरिकामा नेपाली विद्यार्थीको छनौटमा परेका कलेजहरु प्राय गाउँका हुन्छन् । गाउँका कलेजमा विद्यार्थीलाई छात्रवृत्तिको लोभ देखाएर छुट दिएको हुन्छ र छुट पाएर कलेजमा भर्ना पायो भनेर खुशी भएको आमा बुबाको मुहार देखेर छोराछोरीलाई पनि खुशी लाग्नु स्वभाविक हो ।

विद्यार्थीको पहिलो रोजाइमा रहेको देश अमेरिकामा विद्यार्थीलाई काम गर्न कलेजले अनुमति दिनुपर्छ । जो हप्ताको बीस घण्टा हुन्छ र कलेज बाहेक अन्य स्थानमा काम गर्न पाइदैन । लाखौं खर्च गरेर अमेरिका पठाइएका छोराछोरीलाई फेरी नेपालबाट पैसा पठाएर पढाउन प्राय मुस्किल नै हुन्छ ।

कलेजमा लामो बिदा भएको बेला कलेज नजिक रहेका कम्पनीमा बीस घण्टा मात्र काम दिन्छ । त्यो पनि अमेरिकन फ्रेन्चाइज कम्पनीमा शुक्रबार, शनिबार र आइतबार मात्र । थोरै समय काम गरेर खान बस्न पुग्दैन र नेपाली विद्यार्थी अलि धेरै पैसा आम्दानी होस् भनेर नेपाली या भारतीयहरुले संचालन गरेको कम्पनीहरूमा काम गर्छन ।

अहिले डोनाल्ड ट्रम्प राष्ट्रपति भएपछि ती विद्यार्थीहरु नै संकटमा परेका छ्न । यसै पनि विदेशमा विद्यार्थीलाई दुख नै हुन्छ । ट्रम्पको सरकार आएपछी नेपाली विद्यार्थीलाई दैनिक जीवन धान्न धौधौ छ । अमेरिकन डलरको मुल्य दिनदिनै बढिरहेको छ । अमेरिकामा महँगी पनि आकाशिदो छ । काम गर्न पाइरहेका छैनन । काम गरिरहेको ठाउँबाट पनि साहुले निकालि रहेकाछ्न ।

सानो उमेरमै विदेशीएका कुनै पनि सामाजिक तथा आर्थिक अभाव र दबाब नझेलेका कलिलो मस्तिष्कमा अहिले गहिरो चोट लागेको छ । उनीहरु आफै सम्हालिन सकिरहेका छैनन्, अनि आफ्नो व्यवहारिक समस्या समाधान गर्न सकिरहेका छैनन् । विद्यार्थीहरुमा अन्य कुनै पनि मानसिक समस्या नहोस भनेर विभिन्न नेपाली संघ संस्थाहरु मिलेर विद्यार्थीलाई परामर्श गरिरहेका छ्न । आवश्यकता अनुसार दाल चामल सहयोग गरिरहेका छ्न ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट