आजको राशिफल : यी हुन् आजका भाग्यमानी राशी-Sutra News

आजको राशिफल : यी हुन् आजका भाग्यमानी राशी

शनिबार, १० फाल्गुन २०८१

शनिबार, १० फाल्गुन २०८१

आज मिती २०८१ साल फाल्गुण महिनाको १० गते शनिबार तदनुसार फ्रेब्रुअरी महीनाको २२ तारीख सन् २०२५, फाल्गुण कृष्ण पक्षको नवमी तिथी, आज बिहान ६ बजेर ३४ मिनेटमा काठमाण्डौ उपत्यकामा झुल्कीएको घाम साँझ ५ बजेर ५९ मिनेटमा अस्ताउने छ ।



मेष राशी: आजको दिन रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ । परिश्रम गर्दा अरुको विश्वास पनि जित्न सकिने हुनाले आर्थिक पक्ष सन्तोषजनक रहला । मेहनतले नयाँ जिम्मेवारी दिलाउनेछ । परोपकारमा मन जानुका साथै प्रेममा सफलता मिल्ने योग छ । ऋण, रोग र शत्रुसित लड्ने क्षमता बढ्ने हुनाले आशा उत्साह वृद्धि होला ।

बृष राशि: साहसी कार्यमा सफलता प्राप्त हुने समय रहेकाले विभिन्न अवसरले पछ्याउनेछन् भने बोलीको प्रभाव पनि बढ्ने छ । रमाइलो तरिकाले कामहरु गर्न सम्पन्न हुने तथा पशुधन र जमिनबाट पनि सामान्य लाभ होला । प्रयास गर्दा प्रेममा सफलता पाउने र बोलीको प्रभाव बढ्नुका साथै मानसम्मान समेत पाइनेछ । धनलाभ हुनुका साथै बौद्धिकता र रचनात्मकता बढ्नेछ ।

मीथुन राशि: समय अलिक चुनौतीयुक्त छ । कामको बोझले थाकेको महसुस हुने तथा घर–गृहस्थीमा भने समस्या आउन सक्छ । गलत विचार बढ्ने र समयमा निर्णय नहुँदा काममा अवरोध आउने, खर्च बढ्ने, झमेलामा परिने र छिमेकीसँग विवाद बढ्ने सम्भावना छ, विशेष सावधानी अपनाउनु हितकर हुनेछ । शुभ काममा आकर्षण रहला ।

कर्कट राशि: व्यापारमा सफलताले मन रमाउने समय रहेकाले व्यस्तता बढ्नुका साथै धन कमाउने अवसर मिल्ला । मनमा दुविधा रहे पनि सामाजिक काममा नाम रहने छ । धार्मिक सामाजिक कामको दायित्व थपिएपनि आँटेको काम पुरा भइ धनको लाभ हुन सक्छ । मान–सम्मान मिले पनि मनमा डर रहने छ । आफ्नै बल विवेकले काम सम्पन्न हुनेछ ।

सिंह राशि: पराक्रम वृद्धि र आरोग्यबल बढ्ने हुनाले आजको दिन सुखमय ढंगले बित्ने देखिन्छ । सिर्जनशील कार्यमा प्रगति हुनाका साथै काम बन्नाले मन रमाउला । गुरुजनको सहयोग र बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ । ठूला व्यक्तिको आशा र भरोसा पनि तपाईंप्रति रहनेछ । कृषि क्षेत्रबाट राम्रो लाभ मिल्ने योग रहेकाले विजयश्री प्राप्त हुनेछ ।

कन्या राशि: सोच्दै नसोचेको स्थानबाट लाभ हुने समय रहेकाले उद्योग र व्यापारमा विशेष फाइदा होला । नयाँ मित्रको आगमनले मन प्रशन्न हुनाका साथै सहयोगी र सेवक वर्गबाट सहायता मिल्नेछ । समय मनोरञ्जनपूर्ण रहनाले हासविलास, खेलकुद, भ्रमणमा आकर्षण बढ्नेछ । मनोकूलको काममा सफलता मिल्नुका साथै नोकरीमा उच्चाधिकारीको साथ मिल्नेछ ।

तुला राशी: आजको दिन केही चुनौतीयुक्त छ, खासगरी खर्च गर्दा सजगता अपनाउनुहोला । स्वास्थ्यका लागि खानपानमा पनि सचेत रहनु हितकर हुनेछ । कठोर परिश्रमले लक्ष्य पुरा गर्न सकिने भएपनि जागिर र राजनीतिमा केही अप्ठ्याराको सामना गर्नुपर्ने योग छ । पारिवारिक समस्याले पिरोलेता पनि बिस्तारै समाधानतिर उन्मुख हुनेछ ।

बृश्चिक राशि: काममा सहयोगीहरूले राम्रो साथ दिनुका साथै नयाँ काम मिल्ने योग छ । सहासिक र कठिन काममा सक्रियता बढ्नेछ भने पुराना साथिसंगीसंग भेटघाटको अवसर जुर्ला । रमाइलो तरिकाले कामहरु गर्न पाइनेछ । पाहुना आगमनले पनि खुशी दिलाउने हुनुका साथै महत्वपूर्ण काममा समयले साथ दिनेछ ।

धनु राशि: आँटेगरेका काम पुरा भइ धनको लाभ हुन सक्छ । महत्वाकांक्षी योजना गोप्य राखेर अघि बढ्दा फाइदा होला । विभिन्न भौतिक साधन जुटुनुका साथै व्यावसायमा राम्रो फाइदा उठाउन सकिनेछ । आयआर्जनमा राम्रो दिन भएपनि केहि नयाँ काम गर्नको लागि मित्रजन एवम् परिवारजनको राम्रो सल्लाह आउने देखिन्छ । यात्रामा सफलता हातपर्नेछ ।

मकर राशि: कर्मबल बढेपनि आजको दिन अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहन सक्छ । ब्यापारमा गरेका प्रयासहरु सकारात्मक रहनेछन् । महत्वपूर्ण काममा फाइदाको योग रहेपनि घरेलु समस्याले भने सामान्यरूपले सताउन सक्छ । बौद्धिक कार्यबाट धनलाभ हुनाका साथै आफन्तजनको सहयोग प्राप्त होला ।

कुम्भ राशि: अरूको भर पर्दा काममा धोका हुने सम्भावना रहनुका साथै आजको दिन स्वास्थ्य पनि बिग्रन सक्छ, सचेत रहनुहोला । समय त्यति राम्रो छैन, गलत विचार बढने छ, समयमा सहि निर्णय गन सकिँदैन । जोखिम बढ्नेछ । एकातिर सुखसुविधा र विलासितातर्फ मन जाने र अर्कोतिर मानसिक तनावले नकारात्मक सोच पैदा गर्न सक्छ । धैर्य राखेर कदम चाल्नु हितकर हुनेछ । इष्टमित्रको साथ मिल्नेछ ।

र, मिन राशि: आजको दिन दौडधुप बढेपनि बन्न लागेको काम बिग्रन सक्छ । घरेलु समस्याले सताउने हुँदा काममा अवरोध आउन सक्छ । दुर्गमस्थान र टाढाको यात्रा सम्भावना छ । आर्थिक उन्नति गर्ने अवसर प्राप्त हुने योग हुनाका साथै शत्रुपक्षमाथि विजय प्राप्त हुनेछ । प्रेमभाव बढ्नेछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट