नेप्सेमा ६५.२७ अंकको वृद्धि-Sutra News

नेप्सेमा ६५.२७ अंकको वृद्धि

शनिबार, १० फाल्गुन २०८१

शनिबार, १० फाल्गुन २०८१

काठमाडौं । यस साता नेप्से परिसूचक २.४२ प्रतिशत अर्थात् ६५.२७ अंकले बढेर २७४३ अंकको विन्दुमा पुगेको छ। यस हप्ता सेयर बजार चार दिन खुलेका थियो । गत साता २६७८ बिन्दुमा भएको बजार यो साता २.४२ प्रतिशत अर्थात् ६५.२७ अंकले बढेर २७४३ अंकको विन्दुमा पुगेको छ।



साताको पहिलो दिन आइतबार नेप्से १९.५६ अंकले बढ्यो, सोमबार २९.८७ अंकले बढ्यो, मंगलबार ११.९१ अंकले बढ्यो र बिहीबार ३.१४ अंकले बढ्यो । यस साता चार कारोबार दिनमध्ये चार वटै कारोबार दिन नेप्से बढेको थियो ।

यो साता आइतबार ९ अर्ब ४७ करोड बराबरको कारोबार भयो । सोमबार १० अर्ब ४ करोड, मंगलबार १० अर्ब ४३ करोडको कारोबार भयो भने बिहीबार ८ अर्ब ६२ करोडको कारोबार भइको थियो ।

साताभरमा ७ करोड २९ लाख ३२ हजार ९१६ कित्ता शेयर कारोबार हुँदा दैनिक औसतमा १ करोड ८२ लाख ३३ हजार २२९ कित्ता कारोबार भएको छ। जस अनुसार ३ लाख ८४ हजार ९५१ पटक शेयर किनबेच हुँदा दैनिक औसतमा भने ९६ हजार २३८ पटक किनबेच भएको हो।

साताको पहिलो कारोबार दिन नेप्से १९.५६ अंकले बढेर २६९८.०३ को विन्दुमा कायम भएको थियो। त्यस दिन नेप्सेमा कारोबार भएको ३०९ कम्पनीको २ करोड ९ लाख ८४ हजार ४४० कित्ता शेयर किनबेच हुँदा ९ अर्ब ४७ करोड ३ लाख ८ हजार रुपैयाँको कारोबार भएको थियो ।

साताको दोस्रो कारोबार दिन नेप्से २९.८७ अंकले बढेर २२२७.९१ को विन्दुमा कायम भएको थियो । त्यस दिन नेप्सेमा कारोबार भएको ३०२ कम्पनीको १ करोड ८० लाख ८१ हजार १६८ कित्ता शेयर किनबेच हुँदा १० अर्ब ४ करोड ९६ लाख ५४ हजार रुपैयाँको कारोबार भएको थियो ।

साताको तेस्रो कारोबार दिन नेप्से ११.९१ अंकले बढेर २७३९.८२ को विन्दुमा कायम भएको थियो । त्यस दिन नेप्सेमा कारोबार भएको ३१४ कम्पनीको १ करोड ८२ लाख ३० हजार ३०२ कित्ता शेयर किनबेच हुँदा १० अर्ब ४३ करोड ७० लाख ६ हजार रुपैयाँको कारोबार भएको थियो ।

साताको अन्तिम कारोबार दिन नेप्से ३.१४ अंकले बढेर २७४३.७४ को विन्दुमा कायम भएको थियो। त्यस दिन नेप्सेमा कारोबार भएको ३०९ कम्पनीको १ करोड ५६ लाख ३७ हजार कित्ता शेयर किनबेच हुँदा ८ अर्ब ६२ करोड रुपैयाँको कारोबार भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट