चीनमा भेटियो नयाँ ब्याट भाइरस, के यो अर्को महामारीको संकेत हो ?-Sutra News

चीनमा भेटियो नयाँ ब्याट भाइरस, के यो अर्को महामारीको संकेत हो ?

आइतबार, ११ फाल्गुन २०८१

आइतबार, ११ फाल्गुन २०८१

चीनका वैज्ञानिकहरूले नयाँ ब्याट कोरोना भाइरस पत्ता लगाएका छन्, जसलाई ‘एचकेयू५-काेभ-२’ नाम दिइएको छ। रिपोर्टका अनुसार यो भाइरसले मानिसलाई निकै कमजाेर बनाउँछ ।



यो भाइरस ‘काेभिड २’ सँग मिल्दाेजुल्दाे भएकाे बताइएकाे छ । यो त्यही भाइरस हो, जसले विश्वमा कोभिड–१९ को महामारी फैलाएको थियो ।

यो अध्ययनको नेतृत्व चीनका प्रख्यात भाइरोलोजिस्ट शि झेङ्गलीले गरेका हुन्, जसलाई ब्याटवुमनको नामले चिनिने उनको ब्याट कोरोना भाइरसमा व्यापक अनुसन्धान भएको छ ।

यो नयाँ भाइरसको खोजले भविष्यमा अर्को महामारीको जोखिम बढेकाे देखाएकाे छ । यद्यपि, वैज्ञानिकहरूले एचकेयू५-काेभ-२ को संक्रमण फैलाउने क्षमता कोविड-१९ को तुलनामा केही कम भएको स्पष्ट गरेका छन्।

एचकेयू५-काेभ-२ भाइरस के हो ?

एचकेयू५-काेभ-२ एक ब्याट कोरोनाभाइरस हो, जुन मेर्बिकाेभि एर्बेकोवायरस सबजेनस सम्बन्धित। मध्य पूर्व रेस्पिरेटरी सिन्ड्रोम भाइरस पनि यो समूहमा आउँछ।

यो भाइरस पहिलो पटक हङकङमा पाइने जापानी पिपिस्ट्रेल ब्याट प्रजातिमा भेटिएको थियो। भर्खरको अनुसन्धानले पत्ता लगाएको छ कि भाइरसले मानव एन्जियोटेन्सिन-कन्भर्टिङ इन्जाइम २ सँग सम्बन्धित छ । जसले यसलाई मानव कोशिकाहरूलाई संक्रमित गर्न अनुमति दिन्छ।

यो भाइरससँग क्रस-प्रजाति प्रसारणको सम्भावना पनि छ, अर्थात् यसले अन्य स्तनधारी जनावरहरूलाई पनि संक्रमित गर्न सक्छ। यो अनुसन्धान प्रतिष्ठित ‘सेल’ जर्नलमा प्रकाशित भएको छ ।

यो भाइरस काेभ-२ भन्दा कति खतरनाक छ ?

वैज्ञानिकहरूका अनुसार यो भाइरस र काेभ-२ दुवैले मानव कोषहरूमा प्रवेश गरी सक्रिय बन्दछन् । तर याे एचकेयू५-काेभ-२को मानिसमा फैलिने क्षमता सार्स-काेभ-२ भन्दा केही कमजोर छ।

प्रयोगशाला परीक्षणहरूले पत्ता लगाएअनुसार याे भाइरसले मानव कोशिका र फोक्सोको तन्तुलाई संक्रमित गर्न सक्छ, तर यसको द्रुत रूपमा फैलिने सम्भावना कोविड-19 को तुलनामा धेरै कम छ।

के यो भाइरसले अर्को महामारी निम्त्याउन सक्छ ?

यो भाइरसले मानिसमा संक्रमण गर्ने क्षमता राखे पनि वैज्ञानिकहरूले यसबारे धेरै चिन्ता नगर्न सल्लाह दिएका छन् । विज्ञहरू बताउँछन् कि सबै ब्याट कोरोनाभाइरसहरू सजिलै मानिसमा सर्दैनन्। सार्स र मेर्स जस्ता रोगहरू मानिसबाट मानिसमा सर्ने उच्च क्षमता भएको कोरोना भाइरसको कारणले भएको थियो तर, हाल सार्स-काेभ-२ मा यो क्षमता देखिएको छैन।

लक्षणहरू के हुन् ?

एचकेयू५-काेभ-२ का लक्षणहरू मेर्स भाइरससँग मिल्दोजुल्दो छन्, जसमा:

* ज्वरो र चिसो

* खोकी र थकान

* सास फेर्न गाह्रो हुनु

* भोक नलाग्नु

* पखाला र बान्ता एजेन्सीबाट

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट