

काठमाडाैं । साताको पहिलो काराेबार दिन (आइतबार) स्थानीय बजारमा सुनको मूल्यमा वृद्धि भएको छ । शुक्रबार एकै दिन १ हजारले घटेकाे सुनकाे मूल्य आइतबार ३ सय रूपैयाँले बढेकाे हाे ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएअनुसार मूल्य बढेसँगै आइतबार स्थानीय बजारमा सुनकाे मूल्य प्रतिताेला १ लाख ७० हजार ३०० रुपैयाँ कायम भएको छ ।
फागुन ४ देखि नै लगातारजसाे उकालाेमा रहेकाे सुनकाे मूल्य शुक्रबार अर्थात् फागुन ९ मा घटेकाे थियाे ।
सुनकाे मूल्य बढेपनि आइतबार चाँदीकाे मूल्य भने घटेकाे छ । शुक्रबारकाे तुलनामा प्रतिताेला २० रूपैयाँले घट्दै चाँदी प्रतिताेला १ हजार ९७० रूपैयाँ कायम भएकाे महासंघले जनाएकाे छ ।
आइतबार अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २९ सय ३६ अमेरिकी डलरमा कारोबार भइरहेको छ।