२७५५ को बिन्दुमा उक्लियो सेयर बजार, कारोबार रकम ११ अर्बमाथि-Sutra News

२७५५ को बिन्दुमा उक्लियो सेयर बजार, कारोबार रकम ११ अर्बमाथि

आइतबार, ११ फाल्गुन २०८१

आइतबार, ११ फाल्गुन २०८१

काठमाडौं । साताको पहिलो कारोबार दिन (आइतबार) सेयर बजार परिसूचक (नेप्से)मा दोहोरो अंकको बृद्धि भएको छ । आइतबार ११.६६ अंकले बढ्दै नेप्से २७५५.४० को बिन्दुमा उक्लिएको छ ।



दोहोरो अंकले परिसूचक बढ्दै गर्दा आज अधिकांश समूहको सूचक बढ्यो । आज सबैभन्दा बढी अन्य समूहको सूचक ३.७२ प्रतिशतले बढेको छ । व्यापारको सूचक भने १.३२ प्रतिशतले घटेको छ ।

परिसूचक दोहोरो अंकले बढेपनि आज कारोबारमा आएका अधिकांश कम्पनीको मूल्य घटे । १४८ कम्पनीको मूल्य घट्दा ९१ को मात्रै मूल्य बढ्यो । ४ कम्पनीको मूल्य स्थिर रह्यो ।

आज कारोबार रकम केही कारोबार दिनयताकै उच्च भएको छ । २ करोड १२ लाख ६ हजार कित्ता सेयर केनबेच हुँदा कारोबार रकम ११ अर्ब ५४ करोड ८३ लाख रुपैयाँको भयो ।

कारोबारमा आएकामध्ये हिमालयन रि इन्स्योरेन्स, सिटिजन लाइफ, नेपाल रि इन्स्योरेन्सलगायत शीर्ष स्थानमा रहे । हिमालयन रिको मात्रै कारोबार रकम ९५ करोड ६४ लाख रुपैयाँको भएको छ ।

विशेषगरी ठूला क्यापका कम्पनीको सेयर किनबेच हुँदा आज सेयर बजार र कारोबार रकम बढेको देखिन्छ । जसले ठूला लगानीकर्ताहरु सक्रिय भएको पनि प्रष्ट्याएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट