के अमेरिका विश्व बरीयताबाट तल झरेकै हो ?-Sutra News

के अमेरिका विश्व बरीयताबाट तल झरेकै हो ?

करिब आठ लाख ५० हजार व्यक्तिलाई अब एकै पटक अवैध घोषणा गर्दै कामबाट निकाल्दै...

आइतबार, ११ फाल्गुन २०८१

आइतबार, ११ फाल्गुन २०८१

काठमाडौं । दोस्रो पटक अमेरिकाको कार्यकारी पदमा आसीन भएपछि अहिले एक पछि अर्को गर्दै डोनाल्ड ट्रम्पले विश्वलाई दिँदै आएको आर्थिक सहयोगमा पूर्ण रूपमा बन्देज लगाउँदै छन् । अहिले विश्वले ट्रम्पको उक्त नीतिलाई दुई कारणले हेरिरहेका छन्। पहिलो कारण अब अमेरिका पहिले जस्तो आर्थिक रूपमा सबल छैन । भित्र भित्रै उसको अर्थतन्त्र ध्वस्त र कमजोर हुँदै छ।



आफू गरिब हुँदै गएपछि दोस्रो र तेस्रो मुलुकहरूलाई आर्थिक रूपमा सहयोग गरिरहनु सम्भव छैन भन्ने सङ्केत हो। र दोस्रो कारण हो अमेरिका अब आफैँ झन् बलियो र आत्मनिर्भर बन्ने, विज्ञान र प्रविधिमा विश्वलाई चकित बनाउने खालको प्रविधिको विकास गर्ने र विश्व बरीयतामा नम्बर १ भएर निस्कने । यी दुई कारण मध्य पहिलो कारण सही होला भन्न सकिने अवस्था छ । किनभने दुई दुई पटकको कोभिड आतङ्कले विश्व अर्थतन्त्र ध्वस्त भएको थियो।

संसारलाई अँध्यारो युगमा प्रवेश गराउने खालको कोभिड आतङ्कले संसारका धनी देशहरूको अर्थतन्त्र भित्र भित्र ध्वस्त भएको थियो।

ट्रम्प सत्तासीन भएपछि अमेरिकी नीतिमा व्यापक परिवर्तन आएको छ। उनी आफै सफल व्यापारी भएको नाताले आफ्नो देशलाई विश्व अर्थतन्त्रको हिसाबले एक विकसित राष्ट्रको रूपमा पहिचान दिलाउने लक्ष्यतर्फ हिँडेको अनुमान पनि गर्न सकिन्छ। उनले अमेरिकामा आप्रवासन सम्बन्धी नियममा व्यापक परिवर्तन ल्याएका छन्।

अमेरिकामा टिपिएस् प्रणाली अन्तर्गत बसेर काम गरिरहेका वैद्य करिब आठ लाख ५०  हजार व्यक्तिलाई अब एकै पटक अवैध घोषणा गर्दै कामबाट निकाल्दै छन् । अर्थात् यो नीति अन्तर्गत सुविधा लिएर नियमित काम गरिरहेका मानिसहरू अब अवैध घोषणा हुनेछ र उनीहरू बाध्य भएर अमेरिका छोड्दै छन्। यस्तो टिपिएस् नीति अन्तर्गत काम गर्ने सात हजार भन्दा बढी नेपालीले पनि आफ्नो रोजगारी गुमाउँदै छन् ।

अन्तर्राष्ट्रिय सहयोग नियोग युएसएआइडिका सबै कार्यक्रमहरू विश्वबाट नै बन्द गराइएका छन् । त्यसबाट अमेरिकाको खरबौँ डलर बचत हुने देखिन्छ । उसले प्रजातन्त्र, मानव अधिकार, कृषि, बन, जलवायु परिवर्तन, महिला साक्षरता, सीमान्तकृत वर्गको उत्थान, खानेपानी, भोकमरी, आणविक हतियारदेखि जनसङ्ख्या नियन्त्रण जस्ता विश्वका योजनाहरूमा दिँदै आएको नियमित सहयोग अब बन्द गरेको छ। ती सहयोगबाट वर्षेनि बाहिरिँदै गएको उसको खरबौँ डलर अब जोगिने छ र उसले त्यो पैसा आफ्नै देशको भौतिक तथा आधुनिक विज्ञान र आविष्कारमा लगानी गर्ने सोच बनाएको देखिन्छ ।

विश्वलाई दिइरहेको आर्थिक सहयोग एकाएक रोकिदा, उसले विश्व अर्थतन्त्रमा आफूले बनाइरहेको एक नम्बरको बरीयताबाट उ तल झरेको कुरा संसारले यति बेला अनुभूति गरिरहेका छन्। नेपाल जस्तो विकासोन्मुख देशको लागि मात्रै होइन हामी भन्दा धेरै अरू गरिब राष्ट्रका लागि सहयोग रोकावटले तिनको अर्थतन्त्रमा क्रमशः समस्या देखापर्दै जानेछ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट