

काठमाडौं । नेपमेलो म्युजीकले नयाँ अवधारणासहित सुरु गरेको नयाँ शो ‘सिंगर्स अन माइक’ अन्तर्गत वरिष्ठ गायक रामचन्द्र काफ्लेको गीत ‘ओइ मेरी कान्छी’ सार्वजनिक भएको छ । गीतको अन्त्यतिर गायिका मनीषा सुनारले उनलाई साथ दिएकी छिन् ।
सार्वजनिक गीतमा शब्द तथा संगीत गायक तथा संगीतकार सुमन ताम्राकारको रहेको छ ।
संगीतलाई प्रविधिसँग जोड्ने क्रममा ‘सिंगर्स अन माइक सिजन’ कार्यक्रम वास्तविक रियालिटी सो भने होइन, तर यो रियालिटी सो मोडेलमा निर्माण गरिएको छ । शोको पहिलो एपिसोडमा बुटवलकी सुजाता पाण्डेले प्रस्तुति दिएकी थिइन् ।
नेपमेलोको स्टेजमा गायक रामचन्द्र काफ्लेको लाइभ प्रस्तुति हेर्न सकिन्छ । यो स्टेजका लागि एक वर्षको अवधिमा २४ वटा गीतहरू तयार पारिएका छन्, जसमा गायक-गायिकाहरू स्वयम् स्टेजमा प्रत्यक्ष रूपमा देखिनेछन् ।
अहिले अधिकांश गीत हिट भए पनि यथार्थमा कसले गाएको हो भन्ने दर्शक-श्रोताले थाहा पाउने मौका नपाउने समस्या रहँदै आएको छ । यही समस्या समाधान गर्दै ‘सिंगर्स अन माइक’ले जो गायक हो, उनैलाई स्टेजमा प्रस्तुत गर्ने नीति अपनाएको छ ।
नयाँ कलाकारसँगै अनुभवी तथा चर्चित गायक-गायिकाहरूको प्रस्तुतिहरू पनि यस स्टेजमा समेटिनेछन् । नेपमेलो म्युजीकलाई विश्वास छ कि ‘सिंगर्स अन माइक’ को यो अवधारणाले संगीतप्रेमी दर्शक-श्रोताहरूलाई भरपूर मनोरञ्जन प्रदान गर्नेछ ।
अहिले कति गायक/गायिकाको गीत सुपरहिट भए पनि सो गीत खासमा कसले गाएको हो भन्ने बारे दर्शक अनविज्ञ रहने भएकाले जसले गाएको हो उसैलाई स्टेजमा उतार्ने नेपमेलोको मूल उद्देश्य हो । आफ्नो यो प्रकारको फरक प्रस्तुतिले दर्शकलाई भरपुर रमाइलो, ज्ञान र आनन्द प्राप्त हुनेमा नेपमेलो विश्वस्त छ ।