

काठमाडौं । लगातारको मूल्य वृद्धि पश्चात घटेको अण्डाको मूल्य फेरि बढ्ने भएको छ। सोमबारबाट लागु हुने गरी मूल्य बढाउने निर्णय भएको नेपाल लेयर्स कुखुरापालक संघका अध्यक्ष विनोद पोखरेलले जानकारी दिए।
बजारमा ठूलो, मध्यम र एक्स–एल गरी तीन आकारका अण्डा आउँछन्। उनका अनुसार न्यूनतम प्रतिक्रेट ३५ रूपैयाँदेखि अधिकतम ४० रूपैयाँका दरले अण्डाको मूल्य बढाइएको छ।
अण्डाको मूल्य बढेसँगै अब मध्यम अण्डा प्रतिक्रेट तीन सय ९०, ठूलो अण्डा चार सय १० र एक्स–एल अण्डा प्रतिक्रेट चार सय २५ रूपैयाँ पुगको छ । यसअघि मध्यम अण्डा प्रतिक्रेट तीन सय ५०, ठूलो अण्डा तीन सय ७० र एक्स–एल अण्डा प्रतिक्रेट तीन सय ८५ रूपैयाँ पर्ने भएको छ। यो किसानले पाउने मूल्य हो।
खुद्रा बजारमा उपभोक्ताका लागि प्रतिगोटा अण्डाको मूल्य भने २० रूपैयाँ छ।