

काठमाडौं । कुमारी क्यापिटल लिमिटेडले आफ्नो मोबाइल एप सार्वजनिक गरेको छ । कुमारीले ‘कुमारी क्यापिटल’ नाम गरेको एप सार्वजनिक गरेको हो । यसले विशिष्टिकृत लगानी योजना (एसआईपी) सहित अन्य लगानीका सेवाहरू सहज र पहुँचयोग्य बनाउने विश्वास कुमारीले गरेकाे छ ।
अब लगानीकर्ताहरूले आफ्नो मोबाइलबाटै सरल, छिटो र सुरक्षित तरिकाले लगानी गर्न सक्नेछन् । मोबाइल एपबाट एसआईपी व्यवस्थापन, लगानी योजना निर्माण र अनुगमन अब केही क्लिकमै सम्भव हुने क्यापिटलले जनाएको छ । यो एपले नयाँ र अनुभवी दुवै प्रकारका लगानीकर्ताहरूलाई सहज एवं व्यवस्थित रूपमा लगानी गर्न मद्दत गर्नेछ ।
एपका प्रमुख विशेषताहरू :
कुनै पनि समय अथवा जहाँ भएपनि एसआईपी व्यवस्थापनकाे व्यवस्थापन गर्न सकिने कुमारीले जनाएकाे छ । यसैगरी, डिम्याट खाता व्यवस्थापन र हेर्न सहज हुने जनाइएकाे छ । यसैगरी, आईपीओ, एफपीओ र हकप्रद सेयर आवेदन दिन सकिनेछ ।
कुमारी क्यापिटलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) पुष्प शर्माले लगानीकर्ताहरूलाई सजिलो होस् भन्ने हेतुले एप ल्याएको जानकारी दिए । कुमारी क्यापिटल मोबाइल एप एन्ड्रोइड युजर्सका लागि गुगल प्ले स्टोर र एप्पल युजर्सका लागि एप स्टोरमा उपलब्ध छ ।