

आज मिती २०८१ साल फाल्गुण महिनाको १२ गते सोमबार तदनुसार फ्रेब्रुअरी महीनाको २४ तारीख सन् २०२५, फाल्गुण कृष्ण पक्षको एकादशी तिथी एवं विजया एकादशी ब्रत, आज बिहान ६ बजेर ३२ मिनेटमा काठमाण्डौ उपत्यकामा झुल्कीएको घाम साँझ ६ बजेर एक मिनेटमा अस्ताउने छ ।
मेष राशी: आजको दिन सहकर्मीहरूसँग प्रतिस्पर्धा बढ्ने तथा पैत्रिक सम्पत्तिमा विवाद आउनुका साथै भागबन्डाको समय छ । विश्वासपात्रले धोका दिने योग रहेपनि व्यवसाय र कृषितर्फ भने लगनशीलताले ठूलो काम बन्न सक्छ । बिनाकारण आफन्तजनबाट टाढिनुपर्नेछ । बौद्धिकता र रचनात्मकता बढ्नुका साथै यात्रागत कार्यमा सफलता प्राप्त होला ।
बृष राशि: प्रतिस्पर्धीलाई सजिलै हराउन सकिने समय रहेकाले सोचेभन्दा बढी नै लाभ होला । साझेदारी काममा विशेष फलिफाप हुनाका साथै भौतिक साधन जुट्नेछन्, रोकिएका काम बन्नेछन् भने दिगो आम्दानी हुने काम सुरु गर्न सकिने समय छ । रचनात्मकता र आरोग्यता बढ्नुका साथै आफन्तजनको सहयोग प्राप्त होला ।
मीथुन राशि: विगतको कामबाट लाभ भएपनि आज तपाईंको कमजोरीमाथि टिप्पणी हुन सक्छ । आम्दानी भने बढ्नुका साथै सामाजिक क्षेत्रमा अग्रसर हुने दिन छ । पैत्रिक सम्पत्तिको उपयोगबाट लाभ मिल्नुका साथै दाम्पत्य जीवन रमाइलो रहला । आरोग्यता बढ्नुका साथै तपाईको ख्याति फैलिने विशेष दिन रहेको छ ।
कर्कट राशि: आजको दिन बोलीको गलत अर्थ लाग्नाले विवादमा पर्ने सम्भावना रहेकाले सचेत रहनु हितकर हुनेछ । गरिएका कामको उचित प्रतिफल पाइने समय भएपनि समयमा निर्णय लिन नसक्दा पछि परिनेछ । मौकाको फाइदा उठाउन नसकिने हुनाले व्यावसायिक काममा खर्च बढ्नेछ । अरूका काममा महत्वपूर्ण समय बित्नुका साथै आफ्नै बल विवेकले काम राम्रो हुनेछ ।
सिंह राशि: आजको दिन बाध्यतापूर्ण काममै समय बित्न सक्ने तथा प्रलोभन देखाउनेहरूले फसाउन सक्छन् । सहयोगको आशा देखाउनेहरूबाटै धोका पाइनुका साथै नजिकका साथीभाइ टाढिन सक्छन् । तथापि, प्रतिकुलताका बाबजुद आँटेका काम बिस्तारै भए पनि सम्पन्न हुने योग छ । अनावश्यक खर्च बढ्ने हुनाले सचेत रहनुहोला ।
कन्या राशि: पराक्रम वृद्धि हुनाका साथै रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ । सहयोगीहरूले राम्रो साथ दिनाले व्यापारमा पनि राम्रै फाइदा होला । मातापिताको सहयोग प्राप्त हुने योग हुनाका साथै अतिथिको सम्मान गर्ने अवसर पाइएला । मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउन सक्नुका साथै उच्चाधिकारीको साथ मिल्नेछ ।
तुला राशी: आजको दिन प्रतिष्ठा कमाउने कामको अवसर आउनुका साथै अरूलाई प्रभावित पारेर काम लिन सकिने छ । तपाईंको प्रतिभा अरूले चिन्ने मौका पाउने तथा गुरुजनको विशेष सहयोग जुट्नेछ । काममा परिवारजनको सहयोग जुटाउन सक्दा फाइदा हुनाका साथै दिर्घकालिन काममा लगानी बढाउने मौका रहेको छ ।
बृश्चिक राशि: आजको दिन बोलीमा विशेष संयमता अपनाउनु हितकर हुनेछ। बोलीको गलत अर्थ लाग्ने र लेनदेनमा विवाद बढ्ने सम्भावना रहेकाले सहयोगीहरूले पनि त्यत्ति साथ नदेलान् । भेटघाटमा अलमलिनाले काममा बाधा पुग्न सक्ने हानले बाधा छिचोल्ने प्रयत्न गर्नु हितकर होला । आश्वासन दिनेहरूले झुक्याउन सक्ने समय रहेको छ ।
धनु राशि: बिनाप्रतिस्पर्धा फाइदा हुने समय रहेकाले धन आर्जन गर्ने मौका मिल्ला । आफ्नै कमजोरीले विवादमा परिने सम्भावना रहेकाले सचेत रहनुहोला । प्रियजनसँगको भेटघाटले दिन रमाइलो हुनुका साथै सहयोगीहरूले साथ र हौसला दिनेछन् । लगानी बढ्नुका साथै यात्रामा सफलता हात पर्नेछ ।
मकर राशि: व्यापार-व्यवसायमा विशेष लाभ लिने समय रहेकाले पारिवारिक आवश्यकता पूर्ति होला, श्रमको उचित मूल्यांकन हुनेभएपनि आज शुभचिन्तकहरूको सुझावलाई वास्ता नगर्दा दुःख पाइने योग छ, सचेत रहनुहोला । कामका लागि गरिएको भ्रमणमा समय मात्र बित्नुका साथै समस्या थपिन सक्ने भएपनि सामर्थ्य भने विकसित हुनेछ ।
कुम्भ राशि: सानातिना काम र घरेलु समस्यामै अल्झनुपर्ने समय हुनाका साथै स्वास्थ्यगत समस्याले पनि सताउने देखिन्छ । भेटघाटमा अलमलिनाले काममा बाधा पुग्ने हुनाले पठनपाठनमा त्यति समय दिन नसकिएला । प्रयत्न गर्दा पनि उपलब्धि हासिल गर्न गाह्रो पर्ने समय रहेपनि कर्मबल भने बढ्नेछ ।
र, मिन राशि: तपाईले सोच्दै नसोचेको काम सम्पादन हुनसक्ने भएपनि काममा रोकावट र मानसम्मानमा आघात पुग्ने समय छ । विद्यामा कमजोरी र लेनदेनमा विवाद होला । व्यावसायिक काममा पनि विभिन्न समस्या आउन सक्छन् । आँटेका काम मुस्किलले मात्र बन्ने योग रहनुका साथै खर्च बढ्न सक्छ ।