आईसीसी च्याम्पियन्स ट्रफी : पाकिस्तानले भारतलाई दियो २४२ रनको लक्ष्य-Sutra News

आईसीसी च्याम्पियन्स ट्रफी : पाकिस्तानले भारतलाई दियो २४२ रनको लक्ष्य

आइतबार, ११ फाल्गुन २०८१

आइतबार, ११ फाल्गुन २०८१

काठमाडौं । आयोजक टोली पाकिस्तानले आईसीसी च्याम्पियन्स ट्रफीमा चिरपरिचित प्रतिद्वन्दी भारतलाई मध्यम लक्ष्य प्रस्तुत गरेको छ ।



आइतबार यूएईको दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको पाकिस्तानले ४९.४ ओभरमा अलआउट हुँदै २४१ रन मात्रै जोड्न सक्यो । पाकिस्तानका लागि साउद शकीलले सर्वाधिक ६२ रनको अर्धशतकीय इनिङ खेले । ७६ बल खेलेका उनले ५ चौका प्रहार गरेका थिए ।

यसैगरी कप्तान मोहम्मद रिजवानले ४६ रन जोड्दा खुशदिल शाहले ३८ रन, बाबर आजमले २३ रन तथा सलमान आगाले १९ रन जोडे ।

बलिङतर्फ भारतका कुलदिप यादवले ३ विकेट लिए भने हार्दिक पाण्ड्याले २ विकेट लिइन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट