दोस्रो कारोबार दिन पनि बढ्यो सुनको मूल्य-Sutra News

दोस्रो कारोबार दिन पनि बढ्यो सुनको मूल्य

सोमबार, १२ फाल्गुन २०८१

सोमबार, १२ फाल्गुन २०८१

काठमाडौं । साताको दोस्रो कारोबार दिन (सोमबार) पनि सुनको मूल्यमा बृद्धि भएको छ । आइतबार ३ सय रुपैयाँले बढेको सुनको मूल्य सोमबार ५ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।



महासंघका अनुसार मूल्य बढेसँगै सोमबार स्थानीय बजारमा सुनको मूल्य प्रतितोला १ लाख ७० हजार ८ सय रुपैयाँ कायम भएको छ ।

निरन्तरजसो बृद्धिका बिच शुक्रबार सुनको मूल्यमा गिरावट आएको थियो । तर, आइतबारदेखि भने सुनको मूल्य निरन्तर बढिरहेको छ ।

सुनको मूल्य बढेसँगै सोमबार चाँदीको मूल्य पनि बढेको छ । महासंघका अनुसार सोमबार प्रतितोला १५ रुपैयाँले चाँदीको मूल्य बढेको हाे ।

मूल्य बढेसँगै सोमबार चाँदीको मूल्य प्रतितोला १९८५ रुपैयाँ पुगेको महासंघले जनाएको छ ।

आज अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंश २९४० डलरमा किनबेच भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट