वडा कार्यालयको भवनमा महानगरको डोजर-Sutra News

वडा कार्यालयको भवनमा महानगरको डोजर

सोमबार, १२ फाल्गुन २०८१

सोमबार, १२ फाल्गुन २०८१

काठमाडौं । ललितपुर महानगरपालिकाले अनधिकृत रुपमा बनेका संरचनामाथि डोजर चलाएको छ। महानगरपालिकाले मापदण्ड विपरित बनेका संरचनामा धमाधम डोजर चलाउन थालेको छ ।



अनधिकृत रुपमा संरचना बनाउने एक वडा कार्यालयमा पनि महानगरको डोजर चलेको छ । ललितपुर(५ मा रहेको न्हुँ पोखरी संरक्षण र पुनर्निमार्णका लागि ५ नम्बर वडा कार्यालयसहित अन्य अस्थायी तथा अनधिकृत संरचनामा सोमबार बिहान डोजर लगाइएको हो।

काठमाडौं महानगरपालिकाले पनि अनधिकृत रुपमा बनेका संरचनाहरु माथि डोजर चलाउने कामलाई निरन्तरता दिइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट