१२ शहरमा ‘मायाबी’को अटो प्रचार, फिल्मलाई सबै वर्गका दर्शकले हेर्न पाउने-Sutra News

१२ शहरमा ‘मायाबी’को अटो प्रचार, फिल्मलाई सबै वर्गका दर्शकले हेर्न पाउने

सोमबार, १२ फाल्गुन २०८१

सोमबार, १२ फाल्गुन २०८१

काठमाडौं । बुधबारदेखि रिलिजमा आउन लागेको फिल्म ‘मायाबी’को प्रचारप्रसारमा यसको निर्माणपक्ष आक्रामक देखिएको छ । देशका विभिन्न १२ शहरमा फिल्मको ‘अटो रिक्सामा माइकिङ’ गर्दै प्रचार आरम्भ गरिएको कार्यकारी निर्माता करण सिंहले जानकारी दिए । उनका अनुसार, फिल्मको प्रचार पूर्वदेखि पश्चिमका मुख्य शहरहरुमा भइरहेको छ ।



पूर्वका मुख्य शहर धरान, इटहरी, विराटनगर, दमक र विर्तामोडमा माइकिङ पब्लिसिटी सुरु गरिएको हो । फिल्म क्षेत्रमा समेत डिजिटल प्रविधीले छोएपछि माइकिङ प्रचार हराउँदै गएको थियो । तर, दर्शकलाई फिल्मको बारेमा प्रत्यक्ष जानकारी दिनका लागि यस्तो प्रचार शैली प्रभावकारी मानिन्छ ।

यस्तै, चितवनदेखि बुटवल, पोखरा, दाङ, नेपालगञ्ज, भैरहवा, धनगढी लगायतका शहरमा पनि माइकिङ प्रचार शैली अपनाइएको छ । यसैबिच, यो फिल्मलाई चलचित्र जाँच पास समितीले ‘यूनिभर्सल’ सर्टिफिकेट दिएको छ । यो फिल्मलाई हरेक वर्गका दर्शकले हेर्न पाउनेछन् ।

बुधबार महाशिवरात्रीको अवसर पारेर रिलिजमा आउन लागेको यो फिल्ममा दिवाकर भट्टराइको लेखन तथा निर्देशन छ । फिल्मको ट्रेलरले दर्शकको मन जितिसकेको छ । लभ स्टोरी कथामा बनेको फिल्ममा पल शाह, दीपिका प्रसाँई, प्रशान्त ताम्राकार, सुशिल सिटौला, करिश्मा श्रेष्ठ र नव–नायक समीम खानको मुख्य भूमिका छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट