त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ४५ मिनेट उडान प्रभावित-Sutra News

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ४५ मिनेट उडान प्रभावित

सोमबार, १२ फाल्गुन २०८१

सोमबार, १२ फाल्गुन २०८१

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सोमबार बिहान धावनमार्गको लाइट उपकरणमा समस्या आएपछि करिब ४५ मिनेटसम्म उडान/अवतरण प्रभावित भएको छ ।



नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भूलका अनुसार बिहान ८ बजेपछि उडानहरू रोकिएका थिए। उनले भने, ‘अहिले लाइट मर्मत गरिएपछि उडान सञ्चालनमा आएका छन्, तर बिहानको प्रभावका कारण ४५ मिनेटदेखि १ घण्टासम्म ढिलाइ भइरहेको छ।’

विमानस्थल प्रशासनका अनुसार प्राविधिक टोलीले समस्या समाधान गरेपछि अहिले नियमित उडान पुनः सञ्चालनमा आएका छन् । उडान तालिका प्रभावित भएकाले यात्रुहरूलाई केही ढिलाइको सामना गर्नुपर्ने अवस्था छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट