नेपाल मेडिकल एण्ड ल्याब एक्स्पो बिहीबारदेखि हुँदै-Sutra News

नेपाल मेडिकल एण्ड ल्याब एक्स्पो बिहीबारदेखि हुँदै

सोमबार, १२ फाल्गुन २०८१

सोमबार, १२ फाल्गुन २०८१

काठमाडौं । नेपाल मेडिकल एण्ड ल्याब एक्स्पो (८औँ संस्करण) – नेपालमा चिकित्सा तथा प्रयोगशाला क्षेत्रको सबैभन्दा ठूलो बिटुबी इभेन्ट बिहीबारदेखि सुरु हुने भएको छ ।



बिहीबारदेखि शनिबारसम्म (२७ फेब्रुअरी देखि १ मार्च) सम्म काठमाडौँको भृकुटीमण्डप प्रदर्शनी स्थलमा हुने सो प्रदर्शनीमा यस वर्ष, चिकित्सा तथा डायग्नोस्टिक क्षेत्रमा विश्वभरबाट नयाँ उत्पादनहरू र प्रविधिहरू ल्याइने बताइएको छ । नेपाल मेडिकल एण्ड ल्याब शो चिकित्सा, शल्यचिकित्सा, डायग्नोस्टिक तथा अनुसन्धान प्रयोगशालाको बजार केन्द्रको रूपमा निरन्तर विकसित भइरहेको छ ।

समर्पित चिकित्सा तथा प्रयोगशाला मञ्चको रूपमा, NMS (Nepal Medical Show) चिकित्सा क्षेत्रका प्रमुख अस्पताल, चिकित्सक, प्याथोलोजिस्ट, वैज्ञानिक, डिलर, वितरक, आयातकर्ता, खुद्रा विक्रेता तथा अन्य खरिदकर्ता समूहहरूलाई जोड्ने एक विश्वसनीय अन्तर्राष्ट्रिय स्रोत केन्द्रको रूपमा स्थापित भएको छ ।

विशेष रूपमा चिकित्सा तथा डायग्नोस्टिक्स क्षेत्रका सबै विधाहरू समेट्ने रणनीतिक प्रदर्शनीको रूपमा, NMS ले अन्तर्राष्ट्रिय उत्पादनहरूको विस्तृत दायरा प्रस्तुत गरेको छ ।

उक्त एक्स्पोले भारत, नेपाल, बंगलादेश, सिंगापुर, मलेसिया, चीन, जर्मनी, पाकिस्तानलगायतका देशहरूबाट उच्च गुणस्तरका आपूर्तिकर्ताहरूलाई नेपालमा ल्याउनेछ, जसले नवीनतम डिजाइन, नवीनता तथा प्रविधि विकास प्रदर्शन गर्नेछन् । गत वर्ष, नेपाल मेडिकल एण्ड ल्याब एक्स्पोले नेपाल तथा अन्तर्राष्ट्रिय उद्योग, प्रदर्शक तथा आगन्तुकहरूबाट अत्यन्त सकारात्मक प्रतिक्रिया प्राप्त गरेको थियो ।

२०२४ को एक्स्पोमा ५ अन्तर्राष्ट्रिय देशहरू तथा नेपालभरका चिकित्सा समुदायहरू गरी ९ हजारभन्दाबढी आगन्तुकहरूले सहभागिता जनाएका थिए । १५ भन्दा बढी देशहरूबाट ५०० भन्दी बढी ब्रान्डहरू तथा उत्पादकहरूले सहभागिता जनाई नेपाल बजारका लागि आफ्नो उत्पादनहरूको व्यापक दायरा प्रदर्शन गरेका थिए ।

अन्तर्राष्ट्रिय तथा नेपाली आगन्तुकहरू प्रदर्शनीमा प्रस्तुत गरिएका उत्पादनहरू तथा प्रदर्शकहरूबाट सन्तुष्ट भएका थिए । त्यस इभेन्टले गुणस्तरीय व्यापार आगन्तुकहरूलाई आकर्षित गर्यो, जसले अन्तर्राष्ट्रिय तथा घरेलु आपूर्तिकर्ताहरूबाट प्रत्यक्ष रूपमा स्रोत प्राप्त गर्न सकेको थियो ।

“नेपालको निरन्तर बृद्वि भइरहेको बजार आकारका कारण, स्वास्थ्य सेवा क्षेत्रमा नेपाल पनि तीव्र गतिमा बढिरहेको बजार बनेको छ,” आयोजकद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “नेपाल मेडिकल एण्ड ल्याब एक्स्पोले आफैंलाई यस्तो एकल उद्योग मञ्चको रूपमा स्थापित गरेको छ, जहाँ सम्पूर्ण उद्योग– राष्ट्रिय तथा अन्तर्राष्ट्रिय– एकै ठाउँमा भेला भई आपसी सहकार्य, बजार जानकारी आदानप्रदान, नवीन विचार आदानप्रदान तथा व्यवसाय गर्न सक्छन् ।”

प्रमुख उद्योग व्यवसायीहरू यस एक्स्पोमा सहभागी भई गुणस्तरीय राष्ट्रिय तथा अन्तर्राष्ट्रिय निर्णयकर्ताहरू भेट्न, तथा नयाँ भारतीय तथा अन्तर्राष्ट्रिय ग्राहकहरू प्राप्त गर्न जुट्नेछन् ।

नेपाली बजारमा नयाँ तथा नवीन चिकित्सा तथा प्रयोगशाला उत्पादनहरूको माग बढ्दै गएको छ, साथै नयाँ अस्पताल परियोजनाहरूको वृद्धि जस्ता कारणहरूले नेपाली बजारलाई सुदृढ बनाइरहेको छ । यस एक्स्पोलाई केमिकल एण्ड मेडिकल सप्लायर्स एसोसिएसन अफ नेपाल, इन्जिनियरिङ एक्सपोर्ट प्रमोसन काउन्सिल तथा एसडी प्रोमो मिडियाद्वारा सह–आयोजना गरिएको छ ।

साथै अन्य प्रमुख उद्योग व्यापार संस्थाहरूको सहयोग प्राप्त भएको छ । नेपाल मेडिकल एण्ड ल्याब एक्स्पो भारतीय तथा अन्तर्राष्ट्रिय उद्योगका लागि एक प्रतिष्ठित उद्योग मञ्चको रूपमा स्थापित भइसकेको छ, जसमा २०२५ को एक्स्पोमा सहभागी हुने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट