

काठमाडौं । अत्यन्तै कर्णप्रीय स्वरका धनी गायक तथा सङ्गीतकार विष्णु अधिकारीको स्वरमा ‘तिमी गयौ तिमीसगै छायां पनि गयो’ नामक गीत आज लक्ष्मण सिटौला तथा विष्णु अधिकारीको युटुब च्यानलबाट सार्वजनिक भएको छ।
गीतमा गीतकार स्वयंको सङ्गीत रहेको छ भने स्वर तथा म्युजिक ऎरेन्ज गायक विष्णु अधिकारीको रहेको छ।
गायक विष्णु अधिकारीका कालजयी आवाजहरूले नेपाली आधुनिक गीतको भण्डारलाई अझै पुस्पित र पल्लवित बनाइरहेको छ।
खास गरेर नारायणगोपाल, गोपाल योन्जन, प्रेमध्वज प्रधान, नातिकाजी, फत्तेमान, बच्चुकैलाश, ध्रुव केसी जस्ता युगीन गायक कलाकारहरुको अभाव पूर्तिका रूपमा गायक विष्णु अधिकारी अगाडि बढीरहेका छन् ।