आजको राशिफल : यी हुन् आजका भाग्यमानी राशी-Sutra News

आजको राशिफल : यी हुन् आजका भाग्यमानी राशी

मंगलबार, १३ फाल्गुन २०८१

मंगलबार, १३ फाल्गुन २०८१

आज मिती २०८१ साल फाल्गुण महिनाको १३ गते मंगलबार तदनुसार फ्रेब्रुअरी महीनाको २५ तारीख सन् २०२५, फाल्गुण कृष्ण पक्षको द्वादशी तिथी, आज बिहान ६ बजेर ३१ मिनेटमा काठमाण्डौ उपत्यकामा झुल्कीएको घाम साँझ ६ बजेर एक मिनेटमा अस्ताउने छ ।



मेष राशी: आजको दिन सजिलै अरुको मन जित्न सकिने, आम्दानी बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ । कृषि तथा पशुधनबाट लाभ लिन सकिने योग रहेपनि काममा रुचि घट्ने तथा खराब विचारले मनमा डेरा जमाउन सक्छ, सचेत रहनुहोला । जोखिम र दौडधुप वृद्धि हुनाका साथै चोटपटक लाग्नबाट बच्न आजको दिन विशेष ध्यान दिनुहोला ।

बृष राशि: तपाईंका कामको उच्च मूल्याङ्कन हुने समय रहेकाले बोलीको कदर हुनुका साथै कुनै विशेष खुशीको समाचार सुन्न पाइएला । काम गर्ने वातावरण मिल्नुका साथै दीनदुःखीलाई दिएको सहयोगले रोकिएको काम बन्न सक्छ । धन लगानी गर्ने अवसर जुर्ने योग रहनुका साथै आरोग्यता बढ्नुका साथै बौद्धिक र रचनात्मक काममा सफलता मिल्ला ।

मीथुन राशि: पुराना इष्टमित्र र प्रेमीप्रेमिकाको मिलन हुने समय रहेकाले उद्योग-व्यापारमा पनि विशेष फाइदा प्राप्त होला । सहयोगीहरूले राम्रै साथ दिनेछन् भने काममा सोचेजस्तै सफलता मिल्नेछ । बिग्रिएका काम फेरि सुधारको दिशामा जानुका साथै सामर्थ्य र आरोग्यता बढ्नेछ । पराक्रम बढ्नुका साथै शत्रुमाथि विजय प्राप्त होला ।

कर्कट राशि: समयको धार अलिक विपरीत दिशामा चलेको हुँदा सकारात्मक बोलीको पनि विपरीत अर्थ लाग्ने हुनाले बोली र व्यवहारलाई नियन्त्रणमा राख्नुहोला । व्यापार-व्यवसायमा हानी व्यहोर्नुपर्ला । कर्मचारी हुनुहुन्छ भने अपजस व्यहोर्नुपर्ने योग रहेकोले सचेत र संयम रहनु उचित हुनेछ । विश्वास गरेका व्यक्तिबाट नै विश्वासघात हुने सम्भावना रहेकोले सावधान रहनुहोला ।

सिंह राशि: आजको दिन व्यस्तता बढ्नुका साथै सभा-सम्मेलनमा सहभागिता जनाउने योग रहेपनि आजको दिन पारिवारिक समस्याले मन खिन्न रहला । विश्वास गरेका व्यक्तिबाट नै विश्वासघात हुने सम्भावना छ । अध्ययन, अध्यापन र लेखनमा खास रुचि रहने छैन । चोटपटकको भय पनि छ । मातापिताको स्वास्थ्यसम्बन्धी चिन्ता बढ्नुका साथै बौद्धिक, रचनात्मक र कलात्मक काममा सफलता मिल्नेछ ।

कन्या राशि: पराक्रम र अनुकुलता वृद्धि हुनाले नसोचेका कामहरु बन्ने र पठनपाठनमा प्रगति हुने समय छ । आत्मविश्वास बढ्नुका साथै शीघ्र निर्णय गर्ने क्षमता अभिवृद्धि हुनेछ । धन आर्जन गर्ने मौका जुर्नुका साथै कर्मप्राप्तिको योग छ । साथीभाइको सहयोग प्राप्त हुनाका साथै मान महत्व बढ्ने योग रहेको छ ।

तुला राशी: आजको दिन मान महत्व बढ्ने र आरोग्यबल वृद्धि हुने समय रहनुका साथै व्यावसायिक यात्राको सम्भावना छ । दाजुभाइको प्रगतिको समाचार सुन्न पाइने तथा पारिवारिक जीवन सामान्य र सन्तोषप्रद रहने छ । व्यवसायबाट प्रशस्त फाइदा उठाउने योग रहेकाले प्रतिस्पर्धीहरूले हार खान सक्छन् । विलासी काममा आकर्षण बढ्ला ।

बृश्चिक राशि: आजको समय अलिक चुनौतीयुक्त छ । सानातिना काम तथा घरेलु समस्यामा नै समय व्यतीत हुने देखिन्छ । काममा बाधाअडचन आउन सक्छ । वादविवादमा फस्ने र प्रतिफल प्राप्त नहुने क्षेत्रमा लगानीको सम्भावना रहेकोले विशेष सचेत रहनुहोला । बौद्धिक र सृजनात्मक कार्यमा भने सफलता मिल्नाले स्वास्थ्यप्रति पनि अलिक ध्यान बढाउनु हितकर होला ।

धनु राशि: सामाजिक उत्तरदायित्व बहन गर्ने समय रहेकाले परोपकार र धार्मिक क्षेत्रमा मन जाला । दाम्पत्य जीवन सुखद तथा समृद्ध बन्ने योग रहेकाले आम्दानी बढ्नेछ । पारिवारिक सुख मिल्नुका साथै अध्ययन–अध्यापनको क्षेत्रमा प्रगतिको खबर सुन्न पाउनुहुनेछ । खेलकुद भ्रमणमा आकर्षण बढ्नुका साथै बौद्धिक र रचनात्मक कार्य बन्नेछ ।

मकर राशि: विशिष्ट व्यक्तिको विचारले प्रभावित तुल्याउन सक्ने समय रहेकाले महत्वपूर्ण काममा मातापिताको सहयोग प्राप्त होला । व्यापारमा लाभ हुनाका साथै समाजमा प्रतिभाको कदर हुनेछ । धर्मकर्ममा रुचि बढ्नुका साथै खेलकुद तथा कलाकारिता क्षेत्रमा रहनेहरुको लागि समय उत्साहप्रद देखिन्छ । आय तथा कर्मबल बढ्नुका साथै नियमकानूनले साथ दिनेछ ।

कुम्भ राशि: कर्मबल वृद्धि भएपनि मान्यजन वा अभिभावकवर्ग असन्तुष्ट रहन सक्ने समय रहेकाले जग्गाजमिन वा घरायसी सम्पत्तिको चिन्ताले सताउन सक्छ । समाजमा कुरा काट्नेको कमी हुने छैन । तथापि, सन्तान वा अनुयायीका माध्यमबाट फाइदा उठाउन सकिनेछ । आकस्मिक यात्राको सम्भावना रहेकाले आर्थिक विकाससित सम्बन्धित कार्यमा सफलता मिल्नेछ ।

र, मिन राशि: आफन्तको साथ कमै मिल्ने दिन रहनुका साथै अप्रिय समाचारले मन खिन्न तुल्याउला । मानसिक तनावको सिर्जना हुनाले आकस्मिक रूपमा स्वास्थ्यमा समस्या आउन सक्छ । खर्च बढ्नुको साथै शरीरमा आलस्यता बढ्नेछ । विश्वास गरेकाबाट धोका हुन सक्ने भएपनि साझेदारीको काम बन्ने समय रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट