सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?-Sutra News

सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

मंगलबार, १३ फाल्गुन २०८१

मंगलबार, १३ फाल्गुन २०८१

काठमाडौं । नेपाली बजारमा मंगलबार (फागुन १३) सुनको मूल्य बढेको छ । सुनको मूल्य तोलामा ५०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।



यस दिन छापावाल सुनको मूल्य तोलाको एक लाख ७१ हजार ३०० रुपैयाँ कायम छ । सोमबार छापावाल सुन प्रतितोला एक लाख ७० हजार ८०० रुपैयाँमा किनबेच भएको थियो ।

चाँदीको मूल्य भने तोलामा १५ रुपैयाँले घटेको छ । चाँदी प्रतितोला एक हजार ९७० रुपैयाँमा खरिद–बिक्री भइरहेको महासंघले जनाएको छ । सोमबार चाँदी प्रतितोला एक हजार ९८५ रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट