एकै दिन भूकम्पको चार धक्का-Sutra News

एकै दिन भूकम्पको चार धक्का

मंगलबार, १३ फाल्गुन २०८१

मंगलबार, १३ फाल्गुन २०८१

काठमाडौं । म्याग्दीका विभिन्न स्थानमा भूकम्पको धक्का महसुस गरिएको छ । मंगलबार (फागुन १३) बिहान ३.४ देखि ३.६ म्याग्निच्युडका चार धक्का मापन गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।



बिहान ९ बजेर २६ मिनेटमा म्याग्दीको मुरी आसपास केन्द्रविन्दु भएको ३.६ म्याग्निच्युडको धक्का मापन गरिएको केन्द्रले जानकारी गराएको छ । त्यसअघि, मंगलबार बिहान ९ बजेर १८ मिनेटमा म्याग्दीकै मुना आसपास केन्द्रविन्दु भएर ३.५ म्याग्निच्युडको भूकम्प गएको थियो ।

यसै दिन बिहान ६ बजेर १३ मिनेटमा म्याग्दीको देवीस्थान आसपास केन्द्रविन्दु भएको ३.४ म्याग्निच्युडको भूकम्प मापन गरिएको थियो ।

मंगलबार बिहान नै ५ बजेर ५२ मिनेटमा म्याग्दीकै डाँडागाउँ आसपास केन्द्रविन्दु भएको समान ३.४ म्याग्निच्युडको भूकम्प मापन गरिएको केन्द्रले जनाएको छ ।

केन्द्रका अनुसार, यी साना धक्का हुन् । यी धक्का असर गर्ने खालका होइनन् । र, यस्ता सानातिना धक्का मापन हुनु स्वाभाविक प्रक्रिया हो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट