‘न्याय’ शिर्षकमा ‘आउटलः दफा २१९’को ‘र्याप प्रतियोगीता’-Sutra News

‘न्याय’ शिर्षकमा ‘आउटलः दफा २१९’को ‘र्याप प्रतियोगीता’

मंगलबार, १३ फाल्गुन २०८१

मंगलबार, १३ फाल्गुन २०८१

काठमाडौं । फागुनको २९ गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘आउटलः दफा २१९’ दर्शकहरुका लागि प्रतिक्षित छ ।



फिल्मको टिजर सार्वजनिक भएसँगै दर्शकले निकै राम्रो प्रतिक्रिया दिएका थिए । फिल्मको ट्रेलर केही दिनमा रिलिजमा आउँदैछ । यसैबिच, यसको निर्माणपक्षले ‘न्याय’ शिर्षकमा ‘र्याप प्रतियोगीता’ आयोजना गरेको छ । स्याडो पिक्चर्स र रिट्रो फिल्मस्को प्रस्तुतिमा बनेको यो फिल्मको ‘र्याप प्रतियोगीता’मा सहभागी हुन चाहनेले ‘न्याय’ शिर्षकमा र्याप गीत तयार पारेर पठाउन सक्नेछन् ।

प्रतिस्पर्धीले गीत लेखेर त्यसलाई रेकर्ड गराएर भिडियो पठाउन सक्ने निर्माण टिमले बताएको छ । प्रतिस्पर्धीले पठाएको भिडियो फिल्मको सामाजिक संजालमा एकाउन्टमा पोष्ट गरिनेछ । सर्वाधिक धेरै लाइक र भ्यूज प्राप्त गर्न सफल प्रतिस्पर्धीले पुरस्कार प्राप्त गर्ने निर्माणपक्षले बताएको छ । फागुनको २३ गतेसम्म गीतको भिडियो तयार पारेर पठाउनुपर्नेछ ।

फिल्मले ‘न्याय’को कथा बोल्ने भएकाले गर्दा नै यही शिर्षकमा प्रतियोगीता आयोजना गरिएको फिल्मका निर्माता अमित अग्रहरिले जानकारी दिए । विक्की महर्जनको लेखन तथा निर्देशनमा तयार भएको फिल्ममा विनोद कठायत कार्यकारी निर्माता, विकास चौधरी सह–निर्माताको रुपमा छन् ।

फिल्ममा साहिल खानको सम्पादन, चुल्ठे काजीको एक्सन, नविन गुरुङको छायांकन छ । यो फिल्ममा सुशिल श्रेष्ठ, नरेश पौडेल, शिक्षा संग्रौला, सुमन भण्डारी, हेम गुरुङ, सोनी लागुन, विशाल पहारी लगायतका कलाकारहरुको अभिनय छ ।

विजेताले उक्त गीतको म्युजिक भिडियो निर्माणका लागि १ लाख नगद प्राप्त गर्नेछन् । गीतले दर्शकको साथ पाएको खण्डमा विजेताले भिडियो पनि निर्माण गर्न सक्ने निर्माणपक्षले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट