लगातार सातौं दिन बढ्यो सेयर बजार-Sutra News

लगातार सातौं दिन बढ्यो सेयर बजार

मंगलबार, १३ फाल्गुन २०८१

मंगलबार, १३ फाल्गुन २०८१

काठमाडौं । साताको तेस्रो कारोबार दिन (मंगलबार) पनि सेयर बजार परिसूचक (नेप्से)मा बृद्धि भएको छ । लगातार ६ कारोबार दिन बढेको नेप्से मंगलबार पनि बढेको हो ।



मंगलबार ७.१३ अंकको बृद्धिसँगै नेप्से २७६५.८८ को बिन्दुमा उक्लिएको छ । यो दिन समग्रमा ०.२५ प्रतिशतले नेप्से बढ्यो ।

आज ७ समूहको सूचक बढ्दा ६ समूहको सूचक घट्यो । अन्य समूहमा सबैभन्दा बढी २.९० प्रतिशतले सूचक बढ्दा व्यापारको सूचक २.५१ प्रतिशतले घट्यो ।

आज कारोबारमा आएका १३२ कम्पनीको मूल्यमा गिरावट आउँदा १०४ कम्पनीको मूल्य बढ्यो भने ९ को मूल्य स्थिर रह्यो ।

आज यसअघिका केही दिनमा भन्दा कारोबार रकम भने केही सुस्ताएको छ । १ करोड ७८ लाख ६५ हजार ७०३ कित्ता सेयर किनबेच हुँदा कारोबार रकम ९ अर्ब ९० करोड ९३ लाख रुपैयाँको भयो ।

आज कारोबार रकमका आधारमा हिमालयन रि इन्स्योरेन्स, नेपाल रि इन्स्योरेन्सलगायत शीर्ष स्थानमा रहे । हिमालयन रिको मात्रै १ अर्ब २ करोड ६२ लाख रुपैयाँको सेयर किनबेच भएको छ ।

मंगलबारको कारोबारले सेयर बजारमा उकालो यात्रा कायमै रहेको संकेत गर्दछ । सँगै, केही कम्पनीको मूल्यमा आएको गिरावटले केही लगानीकर्ता नाफा बुक गर्न सक्रिय बनेको पनि देखाउँछ । विशेषगरी ठूला कम्पनीको सेयरमा किनबेच भइरहेको घटनाले ठूला लगानीकर्ता सक्रिय रहिरहेको पनि देखाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट