

काठमाडाैं । कामना सेवा विकास बैंकले आफ्ना ग्राहकहरूको सुविधालाई मध्यनजर गर्दै अब बैंकको मोबाइल बैंकिङ एपबाट सजिलै मुद्दती खाता खोल्न सकिने सेवा सुरु गरेको छ ।
ग्राहकहरूले बैंकमा भौतिक रूपमा उपस्थित नभई कामना सेवा विकास बैंकको मोबाइलएप, केएसआई मोबाइल बैंकिङमार्फत सहज, सुरक्षित र छिटो तरिकाले मुद्दती खाता खोल्न सक्ने बैंकले जानकारी गराएको छ ।
ग्राहकहरूले अब बैंकमा जानुपर्ने झन्झटबाट मुक्त हुँदै घरमै बसेर, कुनै पनि समय, मोबाइल एप प्रयोग गरी मुद्दती खाता खोल्न सक्नेछन् । केएसआई मोबाइल बैंकिङमा लगइन गरी ‘फिक्स्ड डिपोजिट’ छनोट गरी आफूले चाहेको निक्षेप रकम भरेर सजिलै यो सेवा लिन सकिनेछ ।
बैंकले प्रविधिको विकासलाई आत्मसात् गर्दै ग्राहकहरूको समय, सुविधा र सुरक्षालाई प्राथमिकता दिँदै बैंकिङ प्रक्रियालाई अझ सरल, सहज र द्रुत बनाएको छ ।