राप्रपाको बुई चढेर ज्ञानेन्द्र सत्तामा आउन सक्दैनन्, राजावादीसँग १ प्रतिशत मत छैन-Sutra News

राप्रपाको बुई चढेर ज्ञानेन्द्र सत्तामा आउन सक्दैनन्, राजावादीसँग १ प्रतिशत मत छैन

बुधबार, १४ फाल्गुन २०८१

बुधबार, १४ फाल्गुन २०८१

काठमाडाैं । नेपाली कांग्रेसकी नेतृ ईश्वरीदेवी न्यौपानेले राजसंस्था पुनस्र्थापना असम्भव भएको बताएकी छिन् । सूत्र टिभीको कार्यक्रम फरक संवादमा कुराकानी गर्दै उनले यस्तो बताएकी हुन् ।



न्यौपानले सदन र सडकमा राजसंस्थाको पक्षमा देखिएको प्रदर्शन अर्थहिन भएको टिप्पणी गरेकी छिन् । उनले यस्ता प्रदर्शनको साहारामा राजसंस्था फर्किने अवस्था नरहेको बताएकी छिन् ।

नेतृ न्यौपानेले राजावादीसँग १ प्रतिशत पनि मत नरहेको ठोकुवा गरेकी छिन् । पछिल्ला तीन वटा उपनिर्वाचनहरुको विश्लेषण गर्दै न्यौपानले राजसंस्थावादी जनताबाट पूर्ण बहिस्कृत भइसकेको बताइन् ।

नेतृ न्यौपानले ‘मलाई साथ देऊ’ भनि आह्वान गर्ने पूर्वराजालाई दल खोलेर चुनाव लड्न सुझाव दिएकी छिन् ।

नेतृ न्यौपानेसँगको भिडियो संवादका लागि तलको लिंक क्लीक गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार